८०३ केजीको फर्सी फलाउने दम्पत्तीले पाए २ लाख ५० हजार इनाम

तपाईले कति ठूलो फर्सी देख्नु भएको छ ? सायद ५ किलो वा १० किलोको हुन सक्ला ।औसतमा फर्सिको वजन ५ देखि १० किलोसम्म हुने गर्छ । तर क्यानडाको ब्रुस काउन्टिस्थित पोर्ट एल्गिन गाउँमा ८ सय किलो भन्दा बढी तौलको फर्सी प्रर्दशनीका लागि राखिएको थियो ।

क्यानडाको पोर्ट एल्गिन गाउँमा हरेक वर्ष फर्सी प्रतियोगिता हुने गर्दछ । हालै भएको उक्त प्रतियोगितामा क्यानडाको ओन्टारियोस्थित क्यामेरोनका बान्सिदा जेन र फिल हन्ट दम्पत्तिले ८ सय ३ किलोको फर्सी प्रर्दशनीमा ल्याएका थिए ।

प्रदर्शनीमा राखिएका चिजहरुमध्य सबैभन्दा ठूलो आकारको फर्सीलाई विजेता गरिएको थियो । फर्सी फलाउने ती दम्पत्ति पुरस्कृत भएका थिए ।सबैभन्दा ठूलो फर्सीको उपाधि जित्दै हन्ट दम्पत्तिले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

उक्त प्रतियोगितामा अरु प्रजातीका तरकारी तथा फलफूलको समेत प्रतिस्पर्धा भएको थियो ।जसमा ५७ केजीको खरबुजा, १२७ इन्च लम्बाईको लौका, २१ केजी बन्दागोबी, साढे २ केजीको टमाटर, २ सय ३९ इन्च लम्बाईको मकैको बोट, १०६ केजीको कुभिण्डो, ८ केजीको काँक्रोका साथै आधा केजीको खोसार्नी लगायतले पुरस्कार जितेका थिए ।

प्रतिक्रिया दिनुहोस