दाँतमा किरा लाग्ने समस्या छ ? दाँतको किरा मार्ने अचुक घरेलु उपाय

दाँतमा किरा लाग्ने समस्या जस्लाई पनि हुन सक्छ । जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो । दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ । जस्लाई सहन गर्नसक्नु असम्भवको कुरा हो । यस्तो अवस्थामा दुखाईबाट छुट्कारा पाउनु पतिदिन खाना खानु सरह नै महत्वपूर्ण हुन्छ ।

किनकी यस्को दुखाई दाँतको जरासँग हुन्छ । जस्को कारणले गर्दा त्यसमा सुनिने समस्या पनि हुन सक्छ । त्यसैले सकेसम्म चाडैं यस समस्याको उपचार गरिनुपर्छ । यस समस्याको उपाय धेरै छन् । तर डाक्टरको सल्लाहअनुसार उपचार गर्नु नै फाईदाजनक हुन्छ ।

यस्को अतिरिक्त अरु पनि उपायहरु छन् । जस्को मद्धतले तपाइँ यस्ता समस्याबाट छिटै छुट्कारा पाउन सक्नुहुन्छ । यी उपायहरु पुरै सुरक्षित हुन्छ र यस्को कुनै दुष्प्रभाव छैन । यदि तपाइँको दाँत संवेदनशील छ भने यस उपायको प्रयोग कृपया डाक्टरको सल्लाहअनुसार मात्र गर्नुहोस् । दाँतबाट किरा हटाउने घरेलु उपायहरु निम्नअनुसार छन् ।

दाँतबाट किरा हटाउने घरेलु उपाय

यहाँ हामी तपाइँलाई केही घरेलु उपायबारे जानकारी दिन्छौं । जस्ले गर्दा तपाइँको किरा लागेको दाँतमा दुखाई कम हुनुका साथै अन्य दाँतमा यही समस्या हुनुको खतरा पनि कम हुन्छ । किनकी यो समस्या एउटा दाँतबाट अर्को दाँतमा तुरुन्तै फैलिन्छ । जस्को कारणले गर्दा अरु दाँतलाई पनि समस्या गर्छ ।

बेसार र नुन

पिसेको बेसार र नुनलाई तोरीको तेलसँग मिलाउनुहोस् । यस मिश्रणलाई प्रतिदिन २–३ पटक दाँतमा दन्तमन्जनको रुपमा दल्नाले दाँतको किरा मर्दछ ।

प्याज खानाले मर्छ दाँतको ब्याक्टेरिया

प्याजको प्रयोग प्रायजसो दाँतको दुखाई ठिक गर्नको लागि गरिन्छ । तर यसको प्रयोग दाँतको किराको समस्या हटाउन पनि गर्न सकिन्छ । किनकी प्याजलाई दाँतको लागि एउटा राम्रो उपाय मानिन्छ । यस्को प्रयोगले तपाइँको दाँतको दुखाई कम हुन्छ ।

प्याजलाई एक प्रकारको प्राकृतिक औषधिको रुपमा पनि मानिन्छ । जस्मा दाँतको दुखाई निको पार्ने गुण हुन्छ । यदि तपाइँको दाँतमा पनि समस्या छ भने प्याजको प्रयोग गर्नुहोस् । जसबाट तपाइँलाई लाभ मिल्दछ । यस्को लागि प्याजलाई काटेर सानो टुक्रालाई किरा भएको दाँतबाट चपाउनुहोस् । तपाइँले सलादमा प्याजको प्रयोग गरेर पनि दुखाई कम गर्न सक्नुहुन्छ ।

बरको दुध(चोप)

किरायुक्त दाँतमा बरको दुध लगाउनाले किरा र दुखाई दुबै हट्दछ ।

फिटकिरी

फिटकिरीलाई तातो पानीमा घोलेर प्रतिदिन कुल्ला गर्नाले दाँतको किरा र दुर्गन्ध दुबै हट्दछ ।

हिंग

यदि तपाइँको दाँत कुनै कारणले दुखिरहेको छ भने हिंगको प्रयोग गर्नाले आराम मिल्दछ । किनकी हिंगमा भएको तत्वले दुखाई उत्पन्न गर्ने किटाणुलाई समाप्त गर्छ र दुखाईबाट आराम दिलाउँछ ।

तपाइँ यसको प्रयोग मौसमको रस र कागतीको रसमा हालेर गर्न सक्नुहुन्छ । यसले दाँतलाई औषधिको साथै अम्लीय पदार्थको पनि फाईदा मिल्दछ । यसको लागि दुखेको दाँतमा दुबै पदार्थलाई कपासको मद्धतले लगाउनुहोस् । यसबाट तपाइँलाई दाँतको दुखाईबाट छिटै छुट्कारा मिल्दछ ।

ल्वाङ्ग

ल्वाङ्गलाई दाँतको दुखाईको लागि सबैभन्दा राम्रो उपाय मानिन्छ । यस्को साथै स्वस्थ रहनको लागि पनि ल्वाङ्गको प्रयोग गरिन्छ । ल्वाङ्गमा विशेष प्रकारको गुण पाईन्छ । जस्ले ब्याक्टेरियालाई समाप्त गर्ने काम गर्दछ ।

दाँतमा दुखाई ब्याक्टेरियाको कारणले गर्दा हुन्छ । जस्लाई हटाउने काम ल्वाङ्गले गर्दछ । यसको लागि ल्वाङ्गलाई दुखेको दाँतमा राख्नुहोस् । यसबाट विस्तारै दाँतको दुखाई कम हुन्छ । यस प्रक्रियामा थोरै समय लाग्न सक्छ । तर फाईदा धेरै नै हुन्छ ।

के गर्ने ​दाँतमा किरा लाग्न नदिनको लागि ?

कोल्डड्रिङ्स खाँदा सकेसम्म पाइपको प्रयोग गर्ने बोतलबाट वा गिलासबाट खाँदा दाँतको बाहिरी भाग अर्थात इनामेल खियाउने काम गर्नसक्छ । तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन । हल्का कालो वा पहेलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने । सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ ।बच्चालाई सुतेर खानेकुरा वा दुध खान नदिने ।

त्यसरी दिदा खानेकुरा मुखभर रहन्छ र दाँतमा एसिड उत्पादन तिब्र्र हुन्छ । बिहान बेलुका खाना खाईसकेपछि फोलोराइडयुक्त पेस्टले दाँत माज्ने । दाँत माज्दा चपाउने भागमा पनि माज्ने । बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाईसकेपछि सकेसम्म मुख कुल्ला गर्ने ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

भाेला, पान, पराग खाएर दाँत खराब भएकाे छ भने सेतो र चम्कीलो बनाउने केहि घरेलु उपाए

सामान्यत हामी सौन्दर्यको कुरा गर्दा, स्वास्थ्यको कुरा गर्दा दाँतलाई पाखा लगाउँछौं । अर्थात सौन्दर्य र स्वास्थ्यको कुरामा दाँतलाई भुल्छौं । जबकी दुबैका लागि दाँतको भूमिका अहंम हुन्छ ।

जस्तो तपाईंको अनुहारको सौन्दर्यमा मिलेका दाँतले कति राम्रो भूमिका खेल्छ ? गीतहरुमा सौन्दर्यको वयान गर्दै भनिन्छ, ‘मिलेका ति दाँतका पंक्ति ।’ कथा/उपन्यासमा लेखिन्छ,‘अनारका दाना जस्तै मिलेका दाँतका पंक्ति ।’

मानौं, तपाईंको दाँत खराब छ । न मिलेको छ, न सेतो सफा छ । यस्तो अवस्थामा तपाईंलाई अरुको सामुन्ने हाँस्न कति गाह्रो हुन्छ । हाँस्नै पर्‍यो भने, हातले मुख छोपेर हाँस्नुहुन्छ । नजिक गएर बोल्न सक्नुहुन्न । किनभने दाँतको दुर्गन्ध थाहा पाउँछ कि भनेर । यदी दाँत सफा, चम्किलो र मिलेको हुँदो हो त, तपाईं निर्धक्कसाथ हाँस्नुहुन्थ्यो । तर, दाँत नै खराब भएपछि हाँस्नु पनि गाह्रो ।

यी भए, सौन्दर्यको कुरा । दाँत स्वास्थ्यको पनि महत्वपूर्ण हिस्सा हो । जब हामी कुनैपनि खानेकुरा खान्छौं, दाँतले राम्ररी चपाएको हुनुपर्छ । अहिले भन्ने गरिन्छ नि, ‘खाना बिस्तारै, राम्ररी चपाएर मात्र सेवन गर्नुपर्छ ।’ हामीले खानेकुरा जति राम्ररी चपाउँछौं, पाचन यन्त्रलाई उत्तिकै सहज हुन्छ । खाएको खानेकुरा पच्छ । तर, दाँत नै रोगी भए ?

निश्चय पनि खानेकुरा राम्ररी चपाउन सकिदैन । त्यसमाथि दाँतको किटाणु खानामै मिसिने भयो । अब रोगमाथि रोग थपिएन त ?

त्यसैले दाँतको सुरक्षा र सफाईसँग हामी बढी सजग हुनुपर्छ ।

हामीलाई थाहै छ, बिहान-बेलुकी खाना खाएपछि दाँत ब्रस गर्नुपर्छ । अक्सर हामी बिहान उठेर ब्रस गर्छौं । जबकी राती खाएको खाना त्यसबेलासम्म मुखभित्रै सड्ने प्रक्रियामा हुन्छ । दाँतमा अल्भिएका खानाका कणहरु कुहिन थाल्छ । यस्तो अवस्थामा बिहान ब्रस गर्नुको औचित्य के ?

अक्सर हामी बिहान र बेलुकी खाना खान्छौं । खाना खाएपछि ब्रस गर्नुपर्छ । अन्य बेला पनि खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ । यी त सामान्य कुरा हुन् । तर, हामीलाई यति सामान्य कुरा गर्न पनि कति झन्झट ?

बजारमा थरीथरीका ब्रस पाइन्छ, टु्थपेस्ट पाइन्छ । घरमै बनाएर पनि पेस्ट प्रयोग गर्न सकिन्छ । नुन, बेसार र थोरै तेल मिश्रण गरेर त्यसले दाँत सफा गर्दा राम्रो हुन्छ ।

अब कुरा गरौ, दाँत चम्किलो बनाउने । यो घरेलु विधी हो ।

घिउकुमारी र ग्लिसरिन

घिउकुमारीले स्वास्थ्य र सौन्दर्य बढाउँछ । घिउकुमारी दाँतलाई सेतो पार्ने गजबको प्राकृतिक औषधि पनि हो । यसको टूथपेस्ट यसरी बनाउनुस्

एक कप पानी

आधी बेकिङ सोडा

एक चम्चा घिउकुमारीको धूलो

एक चम्चा ग्लिसरिन

तीन थोपा कागतीको रस

यी सबै कुरालाई मिसाएर पेस्ट तयार पार्नुस् । यसले दिनदिनै दाँत सफा गर्नुस् । यो प्राकृतिक पेस्टले दाँतलाई सफा पार्नुका साथै, पहेलोपना हटाउँछ र गिजाको पीडाबाट मुक्ति दिन्छ ।

बेकिङ सोडा

भान्सामा अनि सौन्दर्यका लागि बेकिङ सोडा प्रयोग गरिन्छ । दाँतको पहेलोपन हटाउन पनि यो असरदार हुन्छ । एक चम्चा बेकिङ सोडामा एक चिम्टी नून मिसाउनुस् ।

दिनदिनै दुईचोटि ब्रशमा यसको धूलो हालेर दाँत सफा गर्ने गर्नुस् । यसो गर्नाले दाँतको पहेलोपन हराउने गर्दछ ।

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी छैन् र उनीहरु दाँतको स्वास्थ्यलाई महत्वपूर्ण मान्दैनन् ।

तर, कुनै पनि मानिसको सम्पूर्ण स्वास्थको लागि स्वस्थ दाँत आवश्यक हुन्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । त्यसैले दाँतको स्वास्थ्य र सरसफाइमा ध्यान दिन जरुरी छ ।

हुन त हामी धेरैले दिनको दुई पटक ब्रस गर्ने गर्छौं नभए कम्तीमा पनि दिनको एकपटक त पक्कै ब्रस गर्छौं । हामीले ब्रस गर्न सानैबाट सिकेका हुन्तौं तर, आश्चर्यजनक कुरा धेरैजसो मानिसहरुले अझै पनि सहि ढंगले ब्रस गर्न जान्दैनन् ।

दन्त चिकित्सकहरुका अनुसार स्वस्थ र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ ।

चिकित्सकका अनुसार हामीले दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ र ब्रस गरेपछि नुनपानीले कुल्ला वा माउथ वास गर्नुपर्छ । यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ । ब्रस गर्ने सहि तरिका थाहा पाइराख्नु दाँतको सुरक्षाको पहिलो कदम हो । त्यसैले यी कुराहरु जानीराखौं

दाँतको सफाई

ब्रस गर्नको लागि कुनै पनि मानक समय हुँदैन् । तर, दन्तचिकित्सकहरुले कम्तिमा दुई मिनेटसम्म ब्रस गर्नुपर्ने सल्लाह दिन्छन् । यसले मुखभित्रको सतहबाट विभिन्नखाले ब्याक्टेरिया निस्कन्छ । यसले दाँतमा हुने क्षतिलाई पनि रोक्छ ।

यस्तो हुनुपर्छ टुथब्रस

यदि ४ महिना भन्दा धेरै समय एउटै ब्रस प्रयोग नगर्नुहोस् । ४ महिना भन्दा धेरै प्रयोग गर्दा पनि तपाईको ब्रस खराब नभएको हुनसक्छ तर तपाईंले त्यसलाई छोडेर नयाँ ब्रस किन्नुपर्छ ।

त्यसैगरि बजारमा विभिन्न आकार, प्रकार, लम्बाई र गुणको टुथब्रस आँउछ तर दन्तचिकित्सकका अनुसार सहि टुथब्रसको लम्बाई २५.५ देखि ३१.९ मिलिमटर हुनुपर्छ र चौडाई ७.८ देखि ९.५ मिलिमिटर हुनपर्छ ।

दाँतमा दाग देखियो भने

यदि तपाइहरूकाे दाँतमा कालो दाग देखिएको छ, खाना दाँतमा फस्न थालेको छ, चिसो तातो खाँदा दाँतमा झनझनाहट हुन्छ वा गीजाबाट रगत आउन थालेको छ भने दन्त चिकित्सकसँग भेटेर उचित उपचार गर्न ढिला नगर्नुहोस् ।

आफ्नो दाँत स्वस्थ र मजबुत बनाउन चाहनुहुन्छ भने निश्चित समयको अन्तरालमा चिकित्सकसँग भेटेर सल्लाह लिनुहोस् ।

सय प्रतिशत प्राकृतिक, प्रभावकारी र दाँत सम्बन्धी सम्पूर्ण समस्यालाई सहि समाधान गर्ने अचुक घरेलु औषधी

सहनै नसक्ने गरी दाँत दुख्ने, किरा पर्ने जस्ता दाँत सम्बन्धी समस्याबाट धेरैजस्तो मानिस ग्रसित छन् । दाँत दुख्दा खेरीको पिंडा कल्पना समेत गर्न नसकिने हुन्छ । सहनै नसक्ने गरि दाँत दुखिरहँदा यसलाई एकछिन त औषधीले शान्त बनाउँछ तर यसबाट संधैका लागि भने छुटकारा दिलाउँदैन ।

दाँत दुखाई र दाँतमा पर्ने किरा एक आम समस्याको रुपमा रहेको छ। हामी यस समस्या लाई निर्मुल पार्न अनेक औषधी सेवन गर्ने गर्छौं तर त्यो एकछिनको लागि मात्र हुन्छ । जब औषधीले काम गर्न छोड्छ फेरी दुख्न सुरु गरिहाल्छ ।

तर आज हामी दाँतको कीरालाई पूर्ण रुपमा निकाली दुखाईबाट सधैँका लागि छुटकारा पाउन मद्धत गर्ने अचुक घरेलु औषधीको बारेमा बताउन गइरहेका छौँ, जुन १०० प्रतिशत प्राकृतिक, प्रभावकारी र दाँत सम्बन्धी सम्पूर्ण समस्यालाई सहि समाधान गर्छ ।

१. तील र ल्वङको तेल

एक चम्चा तीलको तेलमा ३/४ थोपा ल्वङको तेल मिसाएर हरेक बिहान खाली पेटमा यस तेलले कुल्ला गर्ने । यसको साथै तील र ल्वङको तेललाई बराबर मात्रामा मिसाउने । एउटा कटनको डल्ला यो तेलमा चोपेर दुखेको दाँत वा किराले खाएर खाली भएको दाँतको बीचमा राखेर १० देखि १५ मिनेट सम्म दबाएर च्याप्ने।

यस विधिलाई दिनको ३/४ पटक प्रयोग गर्नको लागि तील र ल्वङको तेलको मिश्रणमा ३/४ ओटा कटनको बललाई चोपेर एउटा कन्टेनरमा राख्ने। त्यसपछि हरेक पटक खाना खाए पछी यस कटन बललाई १०-१५ मिनेटका लागि दाँतको बीचमा च्यापेर राख्ने। यसो गर्नले दाँतको दुखाईलाई तुरुन्तै ठिक गर्नुका साथै दाँतमा हुने किरालाई सधैँको लागि निकालीदिन्छ।

२. लसुन

३/४ ओटा लसुनको केस्रालाई मसिनो बनाएर काट्ने । यसमा एक चिम्टी रक सल्ट राखेर मज्जाले मिसाउने । अब यस लसुनलाई सडेको दाँतको बीचमा हालेर १० मिनेटको लागि च्यापेर राख्ने । बिहान बेलुका एक एक पटक यो विधि प्रयोग गर्नाले दाँतमा भएको ब्याक्टेरिया खत्तम हुन्छ र दाँतको कालोपन पुरै हटेर जान्छ ।

३. फिटकिरी

जस्तो सुकै दुखाई लाई पनि कम गर्न फिटकिरीलाई एक अचुक औषधीको रुपमा लिइन्छ । एक कप पानीमा एक टुक्रा फिटकिरी लाई डुबाएर १/२ मिनेटका लागि राख्ने । १/२ मिनेट पछी पानीलाई चम्चाले चलाएर फिटकिरीलाई निकाल्ने ।

अब यो पानीलाई मुखमा राखेर ३/४ मिनेटका लागि घुमाइराख्ने । यस प्रक्रियालाई दिनमा २/३ पटक दोहोर्याउने । लगातार यो विधि प्रयोग गर्नले ३/४ दिनमै जस्तोसुकै गम्भीर दाँतको दुखाईलाई सधैँको लागि हटाउँछ ।

४. नुन–पानीले कुल्ला गर्ने

एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ । नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ ।

५. निमपत्ता

ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ । निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाई कम गर्ने प्रभावकारी घरेलु उपाय हो । हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ । दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ ।

याे कुरालाइ पनि नियमित रुपमा गर्नुहाेस्

त्यस्तै दिनको दुइ पटक ब्रस गर्ने, खाना खाए पछी कुल्ला गर्ने, सके सम्म मिठाई नखाने, दाँतमा अड्किने खालको खाद्यपदार्थ नखाने, प्रशान्त पानी पिउने, धुम्रपान,सुर्ती, तमाखु सेवन नगर्ने लगायतका सावधानी अपनाउनले दाँतमा किरा पर्ने वा दाँत दुख्ने जस्ता समस्या कहिल्यै आउँदैन ।

प्रतिक्रिया दिनुहोस