पर्समा सधै राख्नुहोस् यी ५ मध्ये कुनै एक चीज, कहिलै हुँदैन् पैसाको कमी

धेरै भन्दा धेरै धनसम्पति कमाउने चाहाना कसलाइ नहोला र? जसको लागि मानिसहरू कडा मेहेनत गर्न पछि हट्दैनन ।तर लाखैा कोशिस गर्दा पनि हातमा पैसा टिक्दैन । समुद्र शास्त्रमा यो बताइएको छ कि केही खास चीज यदि गोजीमा राख्नाले धन सम्पति टिकाउ हुने गर्दछ। यी पाँच चीजहरू गोजीमा राख्नाले तपाइको गोजी कहिले खाली हुने छैन।आफ्नो पर्स मा धनकी देवी माता लक्ष्मी को तस्बिर राख्नुहोस। माता लक्ष्मी को कृपाले तपाइको आफ्नो पर्स कहिले खाली हुने छैन। साथसाथै अन्य धन कमाउने कयौ मौका मिल्दछ।

आफ्नो गोजीमा कमलको दाना अर्थात् कमलको बिजको दाना राख्नाले तपाइसग पैसा को कमि कहिँले हुने छैन। माता लक्ष्मीको कृपा सधैं सधैं रहिरहने छ ।पर्समा अक्षता राख्नाले पनि बडि भन्दा बडी फाइदा हुन्छ। भनिन्छ कि पर्समा थोरै चामल राख्नले फजुल खर्च रोकिन्छ।गोजीमा श्रीयंत्र राख्नले पैसा सग जोडिएका सबै काम कुराहरुमा फाइदा मिल्दछ। यसलाई सधै आफ्नो पर्स मा राख्नुहोस। पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुन्छ। तपाइको पैसा फजुलमा खर्च हुने छैन र साथै जागिरमा पनि बढुवा हुन्छ।

यो पनि पढ्नु होस :-घरमा नराख्नुहोस् यी ७ चीज, आउन सक्छ आर्थिक संकट,वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ ।खराब भएको र टुटेफुटेको सामान घरको कुनामा राख्ने बानी हुन्छ कसैकसैको । पछि फ्याँकौंला नि भनेर कुनामा यसरी फुटेका चीज राख्दा घरमा दरिद्रता आउँछ भनी वास्तुले बताएको छ । यस्ता चीज राख्दा घरमा विराजमान महालक्ष्मी देवी पनि अप्रसन्न हुनुहुन्छ । यसबाट वास्तुदोष उत्पन्न भएर नकारात्मक प्रभाव पर्छ ।

फुटेका के के सामान नराख्ने त ?,फुटेका भाँडा,तपाईंले फुटेका गिलास र प्लेटले काम चलाइरहनुभएको छ भने वास्तुदोष निम्त्याउँदै हुनुहुन्छ । यस्ता चीजलाई घरमा राख्नै हुँदैन किनकि यिनीहरूको नराम्रो प्रभाव पर्छ । घरकी महालक्ष्मी रिसाउने कारण बन्छ यो।भाँचिएको खाटघरमा सुख र शान्ति चाहनुहुन्छ भने भाँचिएको पलङ नराख्नुस् । वास्तुशास्त्र अनुसार भाँचिएको खाट घरमा राख्दा वैवाहिक जीवनमा कलह आउँछ ।

बन्द भएको घडी,बन्द भएको घडीले रोकिएको प्रगतिलाई जनाउँछ । घरमा ठूलठूला घडी राख्दा प्रगति हुन्छ अनि घडी बन्द हुनेबित्तिकै ब्याट्री फेर्नुस् वा पूरै बिग्रिएको छ भने फ्याँक्नुस् । रोकिएको घडीले घरमा कुशलमंगललाई पनि रोकिदिन्छ ।फुटेको ऐना,वास्तुका अनुसार फुटेको ऐना वा शीशा घरमा राख्दा लगातार नकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले गर्दा परिवारका सदस्यहरूका बीच मानसिक तनाव उत्पन्न हुन्छ ।

भाँचिएको ढोका,तपाईंको घरको मूल ढोका भाँचिएको छ भने छिट्टै मर्मत गरिहाल्नुस् । भाँचिएको ढोका अत्यन्तै अशुभ हुन्छ र यसबाट संसारका सबै नकारात्मक शक्ति घरमा पस्छन् ।फुटेको तस्वीर,फुटेको तस्वीरले वास्तुदोष उत्पन्न गर्छ । घरका सदस्यको दुर्भाग्यको यो कारण बन्न पुग्छ ।भाँचिएको फर्निचर,घरको फर्निचर राम्रो हालतमा हुनुपर्छ । फुटेको फर्निचर राख्दा वास्तुदोष लाग्छ । यसबाट घरमा आर्थिक समस्या उत्पन्न हुन्छ । कि छिट्टै मर्मत गर्नुस्, कि फ्याँक्नुस् भाँचिएको फर्निचर ।टुटेफुटेका वस्तु एकदिन न एकदिन त फाल्नुपर्छ नै । घरमा साँचेर राख्दा बेकारमा वास्तु बिग्रन्छ । त्यसैले भाँचिएका र टुफेटेका सामान घरबाट हटाइहाल्नुस्।

प्रतिक्रिया दिनुहोस