एक दशकदेखि ठोरीको सीता गुफा संरक्षणमा ‘अर्जुन घिमिरे’

ठोरी । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमी अयोध्या भारतमा नभई नेपालको ठोरी क्षेत्रमा पर्ने बताएसँगै नेपालमा मात्र नभई भारतमा पनि यो विषयले हंगामा मच्चाएको छ । भारतमा रहेको अयोध्याको विषयमा पटक–पटक विवाद उत्पन्न भईरहेको बेला ठुलो प्रमाण र भित्री अध्ययनपछि प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा यो कुरा बाहिर ल्याएका बुझिएको छ ।

रामको जम्मभूमी अयोध्यानै ठोरी क्षेत्र भनेपछि ठोरी र माडी क्षेत्रका स्थानीयसहित देशभर नयाँ तरगं उत्पन्न भएको छ । प्रधानमन्त्रीबाट यो बिषय उद्घोष भएपछि ठोरीमा रहेको सीता गुफामा भीडभाड बढ्न थालेको छ । सञ्चारकर्मी , स्थानीय तथा बाह्य स्थानबाट पनि ठोरी क्षेत्र र विषेश गरी सीता गुफामा चहलपहल ह्वातै बढेको देखिन्छ ।

चर्चामा नरहँदा ओझेलमा परेको ठोरीको सीता गुफा एकाएक अयोध्या नै यही क्षेत्र रहेको भनी प्रधानमन्त्रीले बताएपछि यो क्षेत्र र सीता गुफाको चर्चा बढेको हो । केही दिन यता स्थानीय प्रशासनले समेत यो क्षेत्रलाई निगरानी समेत बढाएको छ । सिता गुफाको दशकौंदेखि संरक्षण हुन सकिरहेको थिएन भने स्थानीय सरकारले पनि यस गुफालाई त्यती धेरै महत्व दिएको थिएन । तर यो गुफाले एक स्थानीय व्यक्तीको सधै स्पर्ष पाईरह्यो । ठोरी २ का अर्जुन घिमिरे यहाँको सीता गुफाका पर्याबाची व्यक्ति हुन ।

प्रतिक्रिया दिनुहोस