यस्तो देश जहाँ चप्पल लगाउँदा आवाज निस्कियो भने कारवाही हुन्छ !

विश्वका प्रत्येक देशमा आ-आफ्नै नियमहरु हुन्छन् । तर कतिपय ठाउँका नियमहरुले हामीलाई अचम्ममा पार्ने गर्दछ ।

इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । इटालीको काप्री टापुमा महिलाले चप्पल वा जुत्ता लगाएर हिँड्दा आवाज निकाल्न पाईदैन ।

चप्पलको वा जुत्ताको आवाज निकालेर हिँड्यो भने का’रवाही हुन्छ ।
ज निकालेमा त्यहाँ अ’पराध मान्ने गरिन्छ ।

एजेन्सीको सहयोगमा

यस्तो विद्यालय, जहाँ पढाइन्छ ‘डेटिङ शास्त्र’ ।

आफ्नो प्रेमी प्रेमिकासँग डेटिङ जाँदा के गर्ने भन्ने बारेमा जान्ने÷सिक्ने चाहना धेरै किशोर किशोरी तथा युवा युवतीहरूलाई हुनसक्छ । नहोस् पनि किन ? आखिर प्रेम सम्बन्धलाई दिगो रुपमा अघि बढाउनका लागि प्रभावकारी डेटिङको अहम भूमिका हुन्छ ।

सायद त्यहीँ भएर होला छिमेकी मुलुक चीनमा डेटिङको विद्या सिकाउने स्कुल नै खुलेको छ । उक्त स्कुलमा प्रभावकारी डेटिङको तालीम दिइन्छ ।

विगतको एक सन्तान नीतिका कारण महिला भन्दा पुरुषको जनसंख्या धेरै हुँदा आम युवकहरूलाई प्रेमिका तथा जिवनसाथी फेला पार्नै मु’स्किल हुने गरेको छ । अहिले चिनियाँ युवाहरूलाई डेटिङका लागि युवतीहरूलाई रिझाउन निकै सकस पर्न थालेको छ ।

त्यहीँ कारण कसरी प्रभावकारी डेटिङमार्फत प्रेम सम्बन्ध स्थापित गरी जीवनसाथी बनाउने भन्ने विषयमा शिक्षा दिनका लागि डेटिङ स्कुल तथा ट्युसन संस्थाहरू नै खुलेका छन् ।

बेइजिङमा लभ इनर्जी नामक डेटिङ स्कुल सञ्चालन गर्ने यी कुई उर्फ म्याजिक कार्डका अनुसार डेटिङ एउटा निपूर्ण नृत्य जस्तै हो । कहिले तपाइँले साथीलाई आफुतिर तान्नुपर्दछ र कहिले टाढा धकेल्नु पर्दछ । तर त्यस क्रममा साथीप्रति लगातार सं’वेदनशील हुनु पर्दछ ।

लभ कोचिङको क्रेज चीनमा लगातार बढिरहेको छ । ३० डलर प्रति महिना बराबरको शुल्क तिरेर अनलाइन कोर्स समेत गर्न सकिन्छ । तर कक्षामै गएर डेटिङको ज्ञान तथा तालीम लिनका लागि चाहीँ मासिक ४५ सय डलर बराबरको रकम तिर्नु पर्दछ ।

यी कुईका अनुसार उनकोमा १९ वर्षदेखि ५९ वर्षसम्मका पुरुषहरू डेटिङको तालीम लिन आउने गरेका छन् ।
-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस