हरेक स्त्रीले सुधार्नु पर्ने यी ५ स्वभाव : यत्ति सुधारिए घर नै बन्नेछ स्वर्ग

स्त्री नै घरको गहना हो । पुरुषको भाग्य हो । यस्ता भनाई तपाईले धेरै सुन्नुभएको होला । यतिमात्र हैन राम्रो स्वभाव भएका स्त्री जीवनमा मिल्यो भने पतिको जीवन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जीवन नर्ग समान हुन्छ ।

कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्यसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ । जुन सुधार गर्नसके घर स्वर्ग बन्नेछ ।

१, पतिलाई आफ्नो मात्रै ठान्ने

पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई सं’कटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन‍् । यसले गर्दा उनमा नमिठो पर्छ । बाहिर राम्रो देखाएपनि भित्र श्रीमानले सहज महसुस गरिरहेको हुन्न । घरका अरु सदस्यबाट वा साथीभाई इष्टमित्रबाट टाढिदै जाँदा उसमा मानसिक तनाव हुन्छ । उ आत्तिन सक्छ । यसैले यसले श्रीमतीलाई भित्री दृष्टिबाट नराम्रो वा दोषी ठान्छ । अनि सम्बन्धमा दरार आउँन थाल्छ । यो बानी सुधार्नुभयो भने जीवनमा कहिलै सम्बन्धमा धाँजा फाटिने छैन ।

२, नमिठो वचन बोल्ने

वचनको वाण निकै चो’टिलो हुने गर्दछ । चर्को र क’र्कस स्वरले सम्बन्धमा द-रार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ । साथीभाई वा आफन्तको अगाडी लज्जित हुनेगरी बचन लगाउँने स्त्रीको वानी छ भने त्यो श्रीमानसँग एकदिन न एकदिन सम्बन्ध धमिलो बनिनै हाल्छ । तत्काल कुनै प्रतिक्रिया जनाएन भनेर झनै मज्जा मानेर श्रीमानको खिल्ली उडाइरहनुभएको छ । यो गल्ती जीवनमा गरिरहनुभएको छ भने ग्यारेण्टी साथ भन्न सकिन्छ तपाईको यही बानीका कारण एकदिन सम्बन्ध टु’ट्न सक्छ ।

३, मनि माइन्डेड अर्थात पैसालाई मात्र महत्व दिने

जीवनमा जहिलै पैसाको मात्र कुरा गर्नु हुन्छ । हिसाबकिताबमा मात्र ध्यान छ । कति कमायो, कति जमायो भन्नेमा मात्र चियाचर्चो छ भनेपनि तपाईहरुमा अप्ठ्यारो अवस्था आउँन सक्छ । आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै नि’रस बनाउँछन् । मानिस कहिलै पैसाको पछि लाग्नु हुन्न । मानिसकोपछि पैसा आफै लाग्छ । जब पैसालाईपछि लगाएर मानिस हिँड्छ भने सँधै जीवन सुखमय हुनेछ । तर पैसाकोपछि मानिस लाग्दा आज यी अनेकौँ समस्या थपिएका छन् । ज छ जस्तो अवस्था छ त्यसैलाई सुखमय ठान्ने दाम्पति जहिलै सुखी र खुशी हुनेछन् ।

४, कचकचे र रुञ्चे

सामान्य कुरामा पनि कि’चकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई नि’राश र कु’ण्ठाग्रस्त बनाउँछन् । कुनैपनि कुरामा सानो उपलब्धीलाई चै के पो गरिस् र त्यो जा’बो भनेर आँकलन गरिदिने । भइनरहेको कुरालाई चै बारम्बार यो बिगारिस् त्यो बिगारिस् । यो भएन त्यो भएन मात्र भन्ने हरेक दिन त्यही शब्दले मात्र प्रगति चाहाने पुरुषकोपनि मनोवल गिर्छ । त्यसैले गर्दा उ असफलको दर्जा भोग्न तयार हुन्छ । यसले गर्दा सम्बन्ध नै भाँडिन्छ । एकदिन टु’ट्छ ।

५, हस्तक्षेपकारी स्वभाव

कुनै–कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता माथी रोकावट आउँछ । जिताहा प्रवृत्तिले अर्को व्यक्तिको मनोवल वा क्षमतामा ह्रास आउँछ । यसले गर्दा जीवनमा असर गर्छ ।

स्त्री नै घरको गहना हो । पुरुषको भाग्य हो । यस्ता भनाई तपाईले धेरै सुन्नुभएको होला । यतिमात्र हैन राम्रो स्वभाव भएका स्त्री जीवनमा मिल्यो भने पतिको जीवन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जीवन नर्ग समान हुन्छ ।

प्रतिक्रिया दिनुहोस