खुशी केबल त्यही ब्यक्तिलाई प्राप्त हुन्छ जसले अरुलाई खुशी बनाउन प्रयासरत रहन्छ’

१. उनीहरूले समयको व्यवस्थापन गर्न सक्दछन् ।

उनीहरूसँग पनि दिनमा उतिनै समय हुन्छ जती हामीसित, यद्यपी उनिहरूले यसलाई खेर जान दिदैनन्, हरेक पलको सदुपयोग गर्ने प्रयाश गर्दछन् ।

२. उनीहरूले स्वास्थ्यको राम्रो ख्याल राख्दछन् ।

स्वस्थ्य नै धन हो, यो छ त सबैथोक छ, स्वस्थ्य नै खस्कियो भने कार्यउत्पादनमा ह्रास आउछ भन्ने उनीहरूले बुझेका हुन्छन् । यसैले कृत्रिम, लागुपदार्थ एवं अखाद्य चिजबाट परै रहन्छन् ।

३. उनीहरूले इमोसनल इन्टिलेजेन्सको प्रयोग गर्दछन् ।

उनीहरू अनाहकमा भावनामा बहकिदैनन् । आफ्ना आवेगहरूलाई कावुमा राख्ने गर्दछन् । अरूसित कुन रूपमा प्रस्तुत हुने कुरा उनीहरूले जानेका हुन्छन् ।

४. उनीहरू निरन्तर अरूको सेवा गरिरहन्छन् ।

सफल र सुखी मानिसहरू आफ्नो भलाइको बारेमा मात्र सोच्दैनन्, उनीहरू दोश्रोको भलाईका बारेमा ज्यादा सोच्दछन् । सेवा नै धर्म हो को मूल मन्त्र उनीहरूले हर्दम जपिरहेका हुन्छन् ।

५. उनीहरूले बुझेका हुन्छन् की उनीहरूको वास्तविक शक्ति उनीहरूकै रोजाइमा अन्तर्निहित छ ।

उनीहरू आफैमा विश्वास गर्दछन्, आफ्नो असिम शक्तिमा भरोसा राख्दछन् । हर चाहाना पूरा गराउन सकिन्छ भने उनीहरूमा अगाध आत्मविश्वास भरिएको हुन्छ । SHARE,,

प्रतिक्रिया दिनुहोस