खेलाँची गरे भयानक समस्या बन्न सक्छ पेटको अल्सर,

पेटको अल्सर भन्नासाथ हामी झस्किन्छौं । यो पिडादायक हुनुका साथै जटिल पनि हुन्छ । त्यसैले, यो समस्या थाहा पाउनासाथ उपचार शुरु गर्न निकै जरुरी छ । अन्यथा आन्द्राको क्यान्सर हुनसक्छ ।

पेटको अल्सर भएमा पेटमा छाला पर्ने वा घाउ हुने गर्छ । यस्तो अल्सर विशेषगरी गलत खानपानका कारण हुने हो । सामान्यतया, खाना पचाउने एसिडले आमाशयको पर्खाललाई असर गरेमा अल्सर हुने गर्छ । यस्तो अल्सर पेटको भित्री भागमा, भोजन नली तथा सानो आन्द्रामा विकास हुन्छ ।

पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई छातीसम्म दुख्छ । समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउन सक्छ । र, पेट सम्बन्धि अन्य समस्याहरु पनि उब्जिन्छन् ।

अल्सरको कारण

पेटको अल्सरलाई पेप्टिक वा ग्यास्टि्रक अल्सरसमेत भनिन्छ । अम्लीयपना, धुमपान वा लागूऔषधको सेवन, अत्यधिक स्टेराइडको प्रयोग, आणुवंशिक कारण, खानपानको गडबडीका कारण पनि पेटमा अल्सर हुने गर्छ । त्यस्तै, हेलिकोव्याक्टर पाइलोरी नामक जीवाणुको संक्रमणका कारण पनि पेटमा अल्सर हुने गर्छ ।

धेरै मानसिक तनाव, चिन्ता, क्राेधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाई कम गर्ने दबाई खानेजस्ता बानीले आमाशय घाउ हन्छ जसलाई हामी अल्सर भनेर चिन्छाैँ ।

अल्सरका लक्षण

तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।

सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।

पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।

छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ ।

लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ ।

खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।

प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।

याे राेगमा छाती वा नाभीकाे माथिपट्टिकाे भाग दुख्छ ।

खाली पेट वा खाना खाइसकेपछि पनि दुख्छ, पाेल्छ, बेचैनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छाद्नु, आन्तरिक रत्तश्राव हुनुकाे साथै कालाे रंगकाे दिसा आउँछ ।

अल्सरका प्रकार

अल्सर तीन प्रकारका हुन्छन् ।

पेटमा हुने ग्यास्टि्रक अल्सर

भोजन नलीमा हुने एसोफेगस अल्सर

सानो आन्द्रामा हुने डूआडनल अल्सर

ध्यान दिनु पर्ने कुरा

अल्सरका विरामीले मसलादार खाना, सुर्तिजन्य पदार्थ, तारेको, भुटेको खानेकुरा तथा माछामासुबाट बच्नुपर्छ । अत्याधिक मात्रामा फलफूल तथा सागसब्जीको सेवन गर्नुपर्छ । यसले अल्सर चाडै निको पार्न सहयोग गर्छ । त्यसबाहेक, फोहोर तथा दुषित खानेकुराबाट बच्नुका साथै साबुन-पानीले राम्ररी हात धोएर मात्र खाना खानुपर्छ ।

अल्सर हुनुको अर्थ आन्द्राको मुखमा घाउ हुनु हो, ग्यास्ट्रिक बढ्दै जाँदा अल्सर हुन पुग्छ ।

अहिलेको मानिसहरुमा ग्यास्ट्रिक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्ट्रिक बढ्दै जान्छ । यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्दछ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापारवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।

के खाने अल्सर भएकाले ?

१. खाना ५-६ पटक थाेरैथाेरै खाने ।

२. चिसाे दूध एकपटकमा एक कप गरेर पटकपटक दिनमा ७-८ पटक खाने ।

३. खानामा दूध, दाल, बिस्कुट, टास्ट, भात, मूंगकाे दाल, साबुदाना, जाउलाे, आराराेट, मख्खन खाने ।

४. अङ्गुर, पाकेकाे केरा, स्याउ, गाँजर खाने ।

५. प्राेटिनयुत्त पदार्थ, अन्डा, पनिर, दाल आदि खाने ।

के नखाने अल्सर भएकाले ?

१. अत्याधिक ताताे, चिसाे खानाबाट टाढै बस्ने ।

२. खाना एक दुई पटकमात्र धेरै नखाने ।

३. थाेरैथाेरै बारम्बार खानेकुरा खाइरहने ।

४. ताताे खाना छिटाेछिटाे नखाने ।

५. पिराे, मसालेदार, चटपटे तरकारी, अमिलाे महि र छाछ धेरै नखाने ।

६. रक्सी, गाढा रंग हालेकाे चिया, कफि धेरै नखाने ।

७. एक पटकमा धेरै दूध नखाने ।

८. तारेकाे, भुटेकाे खाना धेरै नखाने ।

राेग निवारणमा सहायक उपाय

अल्सर हुनु भनेको ग्यास्ट्रिकको बढ्दो रुप हो भनेर सामान्य रुपमा बुझ्न सकिन्छ । यसैले ग्यास्ट्रिक रोक्न सकियो भने अल्सरको सम्भावना पनि कम गर्न सकिन्छ । यहाँ हामी अल्सर वा ग्यास्ट्रिक रोक्नका लागि सहायक उपायहरुका बारेमा लेखेका छौँ ।

के गर्ने ?

– खाना निश्चिन्त भएर विस्तारै चपाइ-चपाइ खाने ।

– शारीरिक र मानसिक रूपमा आराम गर्ने बानी बसाउने ।

– तनाव र चिन्ता हटाउने र हाँस्ने र खुसी रहन सिक्ने ।

– घरबाहिर काम गर्दागर्दै पेट पाेल्न थाल्याे भने २-४ वटा बिस्कुट खाने ।

– शारीरिक एवम् मानसिक शिथिलताकाे लागि शवासन गर्नै ।

के नगर्ने ?

– धेरैबेर भाेकै बस्नु माैका आउँन नदिने ।

– व्रत लिन छाेडिदिने ।

– मानसिक तनाव र चिन्तामा डुबेर बस्न छाेडिदिने ।

– राती धेरैबेरसम्म नबस्ने ।

– दुखाई हटाउने दबाइ अाफूखुसी नखाने ।

– दिउँसाे सुत्ने बानी नबसाउने । भए हटाउने ।

– कालाे चियाकाे प्रयाेग बिल्कुलै नगर्ने ।

प्रतिक्रिया दिनुहोस