चीनमा फैलियो यो किराबाट नयाँ भाइरस, ७ जनाको मृत्यु, ६७ जना सङ्क्रमित

काठमाडौं- कोरोना भाइरसको संक्रमण निर्मुल नभइसकेको अवस्थामा चीनमा पुनः अर्को भाइरसको संक्रमण देखा परेको छ । कोरोनाको उदगमस्थल चीनमा अर्को ‘एसएफटीएस’ नामको भाइरसको संक्रमण देखा परेको जनाइएको छ । यो भाइरसको संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ भने ६७ जना संक्रमित भएका छन् ।

दक्षिण चीनमा फैलिएको यो भाइरस अन्य मानिसमा समेत सर्न सक्ने भन्दै चेतावनी दिइएको छ । पूर्वी चीनको जियांग्शू प्रान्तमा एसएफटीएस नामको यो भाइरसका कारण ३७ जना संक्रमित भएका छन् । त्यस्तै अन्हूईमा २३ जना संक्रमित भएका छन् । जियांग्शूको नानजियांगमा एक महिलामा पहिलोपटक यो संक्रमण देखिएको थियो ।

उनलाई खोकी धेरै लागेको थियो । एक महिना उपचार गरेपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार झेजियांग प्रान्तमा हालसम्म यो भाइसका कारण सात जनाको मृत्यु भएको छ ।
यो भाइरस सन् २०११ मा पत्ता लागेको थियो । भायरोलोजिस्टका अनुसार जनावरको शरीरमा टाँसिने किराहरुबाट यो मानिसमा सर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस