यो हो विश्वकै पहिलो सुनले बनेको होटल, एक रात बसेको मुल्य थाहा पाए पर्नुहुनेछ चकित् (तस्विरसहित)

काठमाडौं । मानिसका इच्छा अनौठा हुन्छन् । संसारमा आफुलाई फरक सावित गर्न मानिसले अनेक काम गर्छ । व्यवसायमा पनि त्यस्तै प्रतिस्पर्धा हुन्छ । आफुलाई संसारमै फरक देखाउन होडवाजी चलेको हुन्छ । यस्तै होडवाजीमा भियतनामको राजधानी हनोइमा सुनै सुनको होटल खुलेको छ । सो होटलको ढोका, कप, टेवल, धारा, वासरुम, खाना खाने भाँढा सबै सुनको ट । यो होटलको सुरुवात २ जुलाईमा भएके हो । होटलको सुभारम्भ भएसंगै संसारभर यसको चर्चा पनि सुरु भएको छ ।

होटलको नाम डोल्से हनोई गोल्ड लेक राखिएको छ । यो होटलको गेट देखि कप समेत सुनकै बनेका छन् । यो होटल स्टार होटल हो । जो २८ तले भवन छ । जसमा ४०० वटा कोठा रहेका छन् । जसको ढोकामा पनि ६४ वर्ग फीट गोल्ढ प्लेटेड टायल लगाइएको छ । होटलको स्टाफले लगाउने ड्रेस कोड पनि रातो र गोल्डन राखिएको छ । लबीमा राखिएको सजावटमा पनि सुनकै जलप छन् । हेर्दा सबै होटल सुनैसुनको देखिन्छ । वॉशरूमको बाथटब, सिंक, शॉवर देखि सबै सामान सुनको बनाइएको छ । वेडरुपका फर्नीचर र सज्जाका सामान सवै सुनको प्लेगिगं गरिएको छ ।

छतमा इन्फिनिटी पूल बनाइएको छ । जसवाट हनाई शहरको मनोरम दृष्य देख्न सकिन्छ । छतमा पनि गोल्ड प्लेटेड गराइएको छ । उद्घाटनका दिनमा पुगेका पाहुनाहरुले छतवाट देखिने मनोरम दृष्यमा रुचि देखाएका थिए भने कतिले सुनको सावरमा तस्विर खिचाएका थिए । होटल को दक्षिण(पूर्व एशियामा सबैभन्दा महंगो र आरामदायी होटल भनेर भनिएको छ । यो होटल बनाउनुको कारणका बारेमा बताउँदै भनिएको छ । यसले मानसिक तनाव कम गर्न मद्धत गर्ने छ ।यति धेरै लगानी गरिएको यो होटलमा बसेको भाडा कति लाग्छ होला ? होटल ब्यवस्थापन पक्षले भनेको छ । यो होटलमा बसेको एक रातको करिब १ लाख २५ हजार रुपैया लाग्नेछ । यो होटलको सुरुवाती रुमको भाडा नै ३५ हजार रुपैयावाट सुरु हुन्छ । यो होटलमा यस्तो ६ वटा विशिष्ट रुमहरु छन् । डबर रुम सुइटमा बसेको एक रातको करिब १ लाख २५ हजार रुपैया पर्नेछ । ६ प्रकारका सुइट रुम रहेको होटल ब्यवस्थापन पक्षले जनाएको छ । सबैभन्दा विशिष्ट रुमका लागि एक रातको करिब ८ लाख रुपैया छ । तस्विर तल हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस