यस्तो खतरनाक रुख, जसको नजिक जादाँ जान सक्छ ज्यान

हामि सबैलाई थाहा छ, रुख विरुवाको छेउछाउमा जाँदा स्वास्थ्यलाई निकै फाइदा हुन्छ । रुख विरुवाको छेउमा बस्दा स्वच्छ हावापानी पाइने हुनाले धेरैजसो मानिसहरु रुख विरुवाकै ओत लागेर बस्ने पनि गर्छन् । तर कुनै यस्तो रुख बिरुवा पनि हुन्छ जुन निकै बिषालु हुन्छन् । जसले हाम्रो स्वास्थ्यलाई पनि हानी पुर्याउछन् ।

हेर्दा सामान्य लाग्ने कुनै बिरुवाले पनि हाम्रामे स्वास्थ्यलाई असर पार्न सक्छन् । त्यसैले हामिले त्यस्ता खतरनाक बिरुवा चिन्नु पनि जरुरी हुन्छ । यस्तो बिरुवा पनि पाइन्छ जसको छेउमा जादा हाम्रो ज्या:ननै जान पनि सक्छ । ‘सरबेरा ओडोलम’नाम गरेको रुख हाम्रो शरिरको लागी निकै खतरनाक छ । हेर्दा सामान्य देखिने यो रुख निकै विषालु हुन्छ ।

यसै रुखका कारण विश्वभर प्रत्येक हप्ता एक जनाको ज्या न समेत जाने गरेको छ । बैज्ञानिकहरुका अनुसार यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने गछृ । साथै यसको बिषले वाकवाकी लाग्ने, टाउको दुख्ने हुने गर्छ । जसका कारण मानिसको ज्या न पनि जान्छ ।

सरबेरा ओडोलम नामको यो विरुवा हेर्दा खुब सुन्दर र आकर्षक देखिन्छ । तर यो कति खतरनाक छ भन्ने तपाईलाई थाह नहुन सक्छ । भारत सहित दक्षिण-पूर्व एशियाका केही देशमा पाइने यो वनस्पतिले कुनै पनि बेला ज्या न लिन सक्छ ।

भनिन्छ की यो रुखले हरेक हप्ता कम्तिमा एक जानको ज्या न लिने गरेको छ । अनुसन्धानकर्ताहरुको अनुसार विश्वमा विषाक्त वनस्पति मध्ये सरबेरा नामको वनस्पति धेरै विषाक्त हुन्छ ।

सरबेरा ओडोलमको विउमा सरबेरीन नामको तत्व पाइन्छ । जुन विषाक्त हुन्छ । यसको थोरै मात्रा पनि शरिर भित्र छिर्यो भने केही मिनेटमै टाउको दुख्ने, वान्ता हुने, धड्कन बढ्ने, डाइरिया हुने लगायतका समस्या देखा पर्ने गर्छन । सरबेरा ओडोलमका बारेमा भनिन्छकी यसका कारणले मानिसको ज्या न गएमा के कारणले गयो भन्ने थाहा पाउन समेत मुस्किल हुन्छ । केही मानिसहरु यसलाई गल्तीले खाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस