के तपाईले आफ्नो घरमा नुन प्लाष्टिको भाडोमा त राख्नु भएको छैन ?

काठमार्डौ साउन २१ । हरेक घरको भान्छामा पाइने र नभई नहुने चिज नुन हो । नुन बिनाको तरकारी खल्लो वेस्वादको हुन्छ भने हाम्रो हिन्दु परम्परा अनुुसार आफ्ना कोही आफन्तको मृत्यु भएमा नुन बार्ने चलन छ । हामी हरेक पटक खादा नुनको प्रयोग गर्ने गछौं । यस्तो चिज भान्छाकोठा राख्दा छट्ट कसैले नदेख्ने ठाँउमा राख्नुपर्छ ।

नुनलाई कहिल्यै पनि प्लाष्टिको भाडोमा राख्नु हुँदैन । यदि यस्तो गरेमा घरमा दरिद्रता भित्रिन्छ भन्ने ज्योतिशास्त्रको मान्यता छ । ज्योतिषशाास्त्र अनुसार नुनललाई चन्द्र सुर्यको कारक मानिन्छ । नुनलाई राहुको कारक पनि मानिन्छ । यसले अचानक धनको लाभ गराउँछ । त्यसैले भान्छाबाट प्लाष्टिको नुनको भाडो हटाउनु पर्छ । नुुनलाई सफा सिसा वा माटोको भाडोमा राख्नुपर्छ यसरी सफा गरी राखेको नुनमा एक टुक्रा दाल चिनि राखिदिने जसले गर्दा नुनलाई जता राख्दा पनि हुन्छ ।

महिलालई शुक्र मानिने भएकाले भान्छा कोठामा नुन राख्दा राम्रो हुन्छ । घरमा आर्थिक समस्या छ , आउनु पर्ने ठाउँबाट पैसा पनि आएको छैन भने यो उपाय अपनाउनु होला । ज्योतिष शास्त्र अनुसार फलाम वा स्टिलको भाडोमा राख्नु भयो भने पनि नराम्रो मानिन्छ । किनभने ,स्टिल फलामलमई शनी मानिन्छ भने नुनलाई राहु मान्निछ यसरी नुन राख्दा दुख र कष्टको कारक मानिन्छ । अचानक भय ,दुर्घटना हुन्छ । यसको बढि प्रभाव भनेको साँझ परेपछि घरमा नराम्रो हुन्छ । काम गर्दा गर्द नुन भुँइमा खस्यो भने त्यसलाई अशुभ मानिन्छ ।

त्यसैले, नुनलाई प्लाष्टिक, फलाम , र स्टिलको भाँडोमा राख्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस