कुकुरले यसरी पत्ता लगायो गोंग,बुमा भेटिएको क्षत-विक्षत श,वको टाउको र खुट्टा !

काठमाडौं । आईतवार विहान राजधानीको गोंग,बुमा विभ,त्स अवस्थामा टाउको र खुट्टा बिनाको श,व भेटिएको छ । टाउको र खुट्टा भने श,व भएको ठाउँभन्दा ३०० मिटर टाढा भेटिएको हो ।

मृत,कको श,व, टाउको र खुट्टा छुट्टा-छुट्टै स्थानमा फेला परेको हो । श,व भएको ठाउँभन्दा ३०० मिटर टाढा भेटिएको खुट्टा र टाउको प्रहरीको कु,कुरले पत्ता लगाएको हो ।

घटनास्थलमा प्रहरीसँगै लगिएको कुकुरले श,व भेटिएको ठाउँभन्दा ३०० मिटर टाढा जेब्रा झोलामा का,लो प्लास्टिकले बेरिएको अवस्थामा टा,उको र खुट्टा भेट्टाएको हो ।

आज विहान ७ बजे टोखा १० स्थित नवज्योती मार्गको सडक खण्डको छेउमा कालो सुट,केस भित्र का,लो प्लाष्टिकले बेरिएको अवस्थामा श,व फेला परेको थियो ।

गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि र,गत बगेको देखेर प्रहरीलाई खबर आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।

अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म अन्दाजी ४० ४५ वर्षका पुरुष रहेको र उनले सेतो भित्री गञ्जी लगाएको पत्ता लगाएको छ ।

‘श,व भेटिएको ठाउँ भन्दा करिव ३०० मिटर टाढा टाउको र खुट्टा भेटिएको छ’ महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एस,एसपी दीपक थापाले लोकपथसँग भने,’भेटिएको श,व अन्दाजी ४०र४५ वर्षका अधबैंसे पुरु,षको रहेको छ, अहिले हामी थप अनुसन्धान गरिरहेका छौँ ।’

वीरगन्ज । २० वर्षीया विष्णु लामाको ज्वरो बिहीबार साँझसम्म निको भइसकेको थियो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । चार वर्षीया छोरीसहित वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित माइतीमा बस्दै आएकी उनलाई राति करिब ११ बजे रिक्सामा राखेर आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पुर्‍याइयो ।

‘त्यहाँ भर्ना लिन नमानेपछि बहिनीलाई नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लग्यौं,’ विष्णुकी भाउजू अञ्जु तामाङले भनिन्, ‘अस्पतालले भर्ना नलिएपछि रिक्सामा गण्डक नजिकैको नारायणी बयोधा अस्पताल पुग्यौं । बयोधाले पनि भर्ना लिएन ।’ बयोधामा भर्ना नलिएपछि तराई हस्पिटल हुँदै नेशनल मेडिकल कलेजसम्म पुगेको अञ्जुले बताइन् । उनका अनुसार सुरुमा नेशनलका स्वास्थ्यकर्मीले बेड खाली भएको जानकारी दिएका थिए ।

फोटो अजित भुजेल
‘बिरामीमा ज्वरो र श्वासप्रश्वासको समस्या भएको थाहा पाएपछि बेड त के भुइँमा पनि ठाउँ खाली नभएको भन्दै फर्काए,’ उनले भनिन्, ‘पछि नारायणी अस्पताल लग्यौं, आकस्मिक कक्षमा रहेका चिकित्सकले कोरोनासँग मिल्दो लक्षण देखिएकाले कोरोना अस्पताल लैजान सुझाए ।’ त्यसपछि हालै नारायणी अस्थायी कोरोना अस्पतालका रूपमा सञ्चालित वीरगन्ज हेल्थ केयर पुर्‍याउँदा त्यहाँ पनि भर्ना नलिएको उनले बताइन् । ‘कोरोना अस्पतालमा संक्रमण पुष्टि भएकाको मात्र उपचार हुने गरेको भनेपछि फेरि नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लिएर गयौं ।’

फेरि बिरामी लगेपछि भने अस्पताल भर्ना गर्न तयार भयो तर जब रिक्साबाट विष्णुलाई अस्पतालको स्ट्रेचरमा राख्न थालियो तब उनको सास गइसकेको थियो । ‘११ देखि २ बजेसम्म वीरगन्जका सबै निजी अस्पताल पुग्यौं, कसैले भर्ना गरेनन्,’ अञ्जुले भनिन्, ‘कम्तीमा अक्सिजनको पाइप त लगाइदिनुस् भन्दा पनि चिकित्सक छैनन् भने । उपचारै नपाई बहिनी बितिन् ।’ बिरामी लिएर सातवटा अस्पतालमा चक्कर लगाउँदा पनि अस्पताल र चिकित्सकको लापरबाहीले उपचार नपाई दिदीको ज्यान गएको उनले गुनासो गरिन् ।

प्रतिक्रिया दिनुहोस