हराएको पर्स १४ वर्षपछि भेटियो, त्यसमा भएको पैसा पनि सुरक्षित ! तर…

काठमाडौं। एक व्यक्तिले १४ वर्षअघि हराएको आफ्नो पर्स सुरक्षित रुपमा फिर्ता पाएका छन् । मुम्बइको लोकल ट्रेनमा हराएको यो पर्समा ९ सय रुपैयाँ थियो । उनले पैसा पनि फिर्ता पाए । २००६ मा शिवाजी महाराज र्टिनलदेखि पनवेल जाने ट्रेनमा यात्रा गर्दा हेमन्त पेडलकरको पर्स हराएको थियो । पर्स भेटिएको जानकारीसहित गएको अप्रिल महिनामा पुलिसले हेमन्तलाई फोन गरेकोटिब्युन इण्डियालेलेखेको छ ।

अप्रिलमा मुम्बइमा लकडाउन थियो त्यसैले हेमन्तले त्यतिबेला पुलिस स्टेशन गएर पर्स लिन पाएनन् । लकडाउनमा छुट भएपछि पनवेलमा बस्ने हेमन्त वाशीको जीआरपी अफिस गएर आफ्नो पर्स लिएका हुन् । हेमन्तको पर्समा भएको ९ सय रुपैयाँमा एउटा ५ सयको नोट पनि थियो । त्यतिबेलाको ५ सयको नोट २०१६ मा प्रतिबन्धित गरिएकोले अब त्यो नोट चल्ने छैन । पुलिसले त्यो नोट बदलेर हेमन्तलाई नयाँ नोट दिनेछ । अन्य ४ सय रुपैयाँ मध्ये पुलिसले सरकारी शुल्कवापत १ सय रुपैयाँ काटेर ३ सय हेमन्तलाई फिर्ता दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस