कुन शिवलिंगको पूजा गर्दा कस्ताे फल ?

अहिले भगवान शिवको प्रिय महिना श्रावण चलिरहेको छ । श्रावणमा भगवान शिवको आफ्ना भक्तहरुप्रति विशेष कृपा रहने गर्दछ । भगवान शिव मात्र एक यस्ता देवता हुन् जो प्रसन्न भएमा कुबेर बराबरको धन पनि दिन्छन् र क्रोधित भएमा पुरा ब्रह्माण्ड भस्म गर्ने सार्मथ्य पनि राख्दछन् ।

शिवको कृपा पाउनका लागी श्रावणमा विशेष रूपले शिवलिंगको अभिषेक र पूजा गर्नु पर्दछ । शिवका प्रत्येक शिवलिंगका आआफ्नै महत्व रहने गरेको छ । जान्नुहोस् कुन शिवलिंगको पूजा गर्दा शिवभक्तले कस्तो आर्शिवाद प्राप्त गर्दछन् ।

१. पारोको शिवलिंग : सबैभन्दा बढि पारोको शिवलिंगको पूजा हुने गर्दछ । यस शिवलिंगको पूजा गर्दा भगवान शिव चाडैं प्रसन्न भई सबै मनोकामना पुर्ण हुने वर दिने धार्मीक विश्वास छ ।

२. सुनको शिवलिंग : सुनको शिवलिंगको पूजा गर्दा शिव साधकलाई समृद्धि प्राप्त हुने धार्मीक विश्वास रहेको छ ।

३. चाँदीको शिवलिंग : चाँदीको शिवलिंगको पूजा गर्दा शिवभक्तका घरमा धनको भण्डारमा वृद्धि हुने मान्यता छ ।

४. पितलको शिवलिंग : पितलको शिवलिंगको पूजा वा रुद्राभिषेक गरेमा शिवभक्तको दरिद्रता नाश हुने विश्वास गरीन्छ ।

५. फलामको शिवलिंग : फलामको शिवलिंगको पूजा विशेष सिद्धि प्राप्तिका लागी गरीन्छ ।

६. मोतीको शिवलिंग : मोतीको शिवलिंगको पूजा गर्दा स्त्री सुख मिल्ने तथा साधकको पत्नीको सौभाग्य वृद्धि हुने मान्यता छ ।

७. स्फटिकको शिवलिंग : स्फटिकबाट बनेको शिवलिंगको पूजा गर्दा साधकको दीर्घ प्रतीक्षित मनोकामना पुरा हुने गर्दछ ।

८. फूलको शिवलिंग : यदि कसैलाई पैतृक सम्पत्ती वा कुनै घरजग्गाको कामना छ भने श्रावणमा फूलको शिवलिंगको पूजा गरे भूसम्पत्तीको आशीर्वाद प्राप्त हुन्छ ।

९. मिश्रीको शिवलिंग : कुनै पनि रोग वा शोकको पीडाबाट मुक्ति चाहिएको छ भने मिश्रीबाट बनाइएको शिवलिंगको पूजा गरे अत्यन्त लाभदायक हुन्छ । मिश्रीको शिवलिंगको पूजा गर्दा रोगबाट मुक्ति पाउने धार्मीक विश्वास छ ।

१०. कपुरको शिवलिंग : विधि विधानपुर्वक कपुरको शिवलिंगको पूजा गरेमा वा अभिषेक गरेमा साधकलाई भक्ति र मुक्तिको आर्शिवाद प्राप्त हुन्छ । साभार : बिभिन्न अनलाइन

प्रतिक्रिया दिनुहोस