आफ्नै पार्टी भित्र समस्यामा परेका प्रचण्डले महासचिव पनि टुंगो लगाउन सकेनन्, यि हुन्र महासचिवका दावेदार

काठमाडौ । महाधिवेशन सकिएको महिनौं वित्दा पनि नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीलाई पुर्णता दिन सकेको छैन । केन्द्रीय कमिटीलाई पूर्णता दिने गरी सुरु भएको बैठकले पनि सहमति जुटाउन सकेन । अब केन्द्रीय कमिटीको बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम हुँदै गएको नेताहरुलेब बताएका छन् ।

बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको पूर्णता, स्थानीय तह निर्वाचन तथा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका एजेण्डामाथि छलफल भए पनि पदाधिकारीको भने टुंगो लाग्ने सम्भावना कम भएको नेताहरुले बताएका छन्।

शुक्रवार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको अर्को बैठक आइतवारका लागि बोलाइएको थियो। तर, पदाधिकारी र केन्द्रीय कमिटीमा पर्न नेताहरुबिच रस्साकस्सी भएपछि आइतवार बैठक बस्न सकेन। बैठक सोमवार दिउँसोका लागि बोलाइएको छ।

शुक्रवारको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे आफ्नो फरक मत राखेका थिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्न सहयोग गरेको भन्दै श्रेष्ठ असन्तुष्ट छन्। उनी पक्षका नेताहरुले एमसीसीबारे नेतृत्वको आलोचना गर्दै आएका छन्। एमसीसी र बैठकमा अन्य विषयमाथि उठेका प्रश्नको जवाफ प्रचण्डले सोमवारको बैठकमा दिने तयारी गरेका छन्।

एमसीसीकै कारण माओवादी पनि अब चिरा पर्ने सम्भावना बढ्दै गएको छ । नारायणकाजीलाई प्रचण्डले फकाउन सकेका छैनन् । श्रेष्ठ समुहका नेताहरुले पनि प्रचण्ड अब कुनै पनि हालतमा नसुध्रने निष्कर्ष निकाल्दै उनीसंग एउटै पार्टीमा समेत रहन नसकिने तर्क गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस