गोंगबु ह’त्या प्रकरणःकृष्णको लिला समाप्त पारेर सुटकेशमा राख्ने महिलाको बयान

गत शनिबार राति काठमाडौंको गोंगबुमा भएको विभत्स ह-त्याका आरोपी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याएर सार्वजनिक गरेको छ। ह-त्या आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना शाहीलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेकाे हो ।

उनले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको ह-त्या गरेको बयान दिएकी छन् । उनले न-शालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले ह-त्या गरेको बयान दिएको प्रहरीले बताएको छ ।

दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको ह त्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि ह त्या गरेको बताएकी छन् ।

प्रहरीले सार्वजनिक गरेको आरोपति महिला (कालो कुर्था लगाउने ) । तस्विर अनलाइनखबर डटकमबाट
अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफू अनुकूल चल्न दबाव दिन थालेपछि ह त्या गरेको वयान उनले दिएको अप राध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।

प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको प्रहरीसँगको बयानमा बताएको घटनामा संलग्न अधिकारीले जनाएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी ह त्या पछि श व व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

कृष्णको लिला समाप्त पार्ने महिला
प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

ह त्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् ।

प्रहरीले घटनास्थलबाट ह्यामर र दाउ पनि फेला पारेर सार्वजनिक गरेकाे छ । चितवनको शक्तिखोरस्थित घर हिँडेकी उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्रेको थियो ।

प्रतिक्रिया दिनुहोस