आज पनि घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य ओरालो लागेको छ। मंगलबार छापावाला सुनको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १ हजारले घटेर रु १ लाख १ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आज तेजावी सुनको मूल्य पनि रु १ हजारले घटेर रु १ लाख १ हजार १ सय कायम भएको छ। चाँदीको मूल्य भने मंगलवार प्रतितोला रु ४० ले बढेर रु १ हजार ४ सय ३५ मा कारोबार भइरहेको छ।

यो पनि पढ्नुस्

वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ ।

वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६\७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मु’द्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मु’द्दा फछ्र्योट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

जिल्ला अदालतमा अघिल्लो आव २०७४\७५ मा दर्ता भएका ५१२ सम्बन्धविच्छेदका मु’द्दामध्ये अदालतले ३३३ मु’द्दा फछ्र्र्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिं’सा, दु’व्र्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिइएको निवेदन अनुसार जिल्ला अदालतको इजला’समा कानूनी बहस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक विवादको कारणबाटै सम्बन्धविच्छेद बन्न पुगेको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताएका छन् ।

विवाहित पत्नीले पतिभन्दा अन्य व्यक्तिसँग हेलमेल गरी अधिक खर्च गरेको भनी पतिले आ’रोप लगाउँदा करिब ४० प्रतिशत जति विवाहित पत्नी सम्बन्धविच्छेदको शि’कार हुनुपरेको पनि श्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस