के तपाइँले बाटोमा भेटेको पैसा टिप्नु भएको छ ? जान्नुहोस् यसको धार्मिक परिणाम

तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? vयस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन्।

भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेका छन् । कतिपयले भेटिएको पैसा खर्च गर्न नहुने भन्दै धार्मिक स्थलमा दिने वा धार्मिक काम गर्ने गरेका छन् भने केहीले भेटिएको पैसा दान दिने गरेका छन् ।

हिन्दू धर्म दर्शनको मान्यता अनुसार सिक्का पैसा भेट्नु र नोट भेट्नुका फरक फरक अर्थ रहेका छन् ।

जमिनमा फेला परेको सिक्का पैसाको सम्बन्ध आध्यात्मिकतासँग छ ।

प्रतिकात्मक रुपमा कुरा गर्ने हो भने धनको अर्थ शक्ति, सत्ता र मूल्यसँग छ ।

यसको सम्बन्ध इतिहासका साथ पनि छ किनकी यो एक अर्कासँग पुग्छ ।

जो व्यक्तिले भेटिएको सिक्का आफ्ना हातमा लिन्छ उसको शरीरको उर्जा त्यस सिक्काको माध्मबाट अर्को व्यक्तिसम्म पुग्छ । एक बाट अर्कोमा यो श्रृंखला बढ्दै जान्छ ।

हरेक व्यक्तिको उर्जा त्यस सिक्कामा पुग्ने गर्छ । र विस्तारै विस्तारै मानिसको उर्जा त्यस सिक्कामा संग्रह हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस