फेरि आठ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । तीन दिनअघि ह्वात्तै घटेको सुनको मूल्य फेरि उकालो चढ्न थालेको छ ।

बिहीबार तोलामा २४ सयले बढेर ९७ हजार आठ सय पुगेको छापावाल सुनको मूल्य शुक्रबार ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य पनि बढेर तोलामा ९८ हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदी पनि बिहीबारको तुलनामा मूल्य बढेर १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सुन तोलाको एक लाख ३५ सय र चाँदी साढे १४ सय रुपैयाँ पुगेर कीर्तिमान राखेको थियो ।

प्रतिक्रिया दिनुहोस