मृगौला किन खराब हुन्छ ? हेर्नुहोस यस्ता छन्, मृगौला खराब हुनुका ७ कारण ,…

नेपालमा पनि पछिल्लो समय मृगौलाका रोगीहरुको संख्या बढ्दै गइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

ति अध्ययनका अनुसार विशेष गरी मानिसका रहनसहन र जीवनशैलीले मृगौला रोगीहरुको संख्या बढेका हुन् । मृगौलाले शरीरका खराब पदार्थलाई मुत्रको माध्यमबाट बाहिर पठाएर रगतलाई शुद्ध गर्ने काम गर्छ ।

साथै आवश्यक भन्दा बढी पानीलाई पनि शरीर बाहिर पठाउने काम मृगौलाले नै गर्छ । मृगौला ठिक नभए रगत शुद्ध हुँदैन जसले गर्दा स्वास्थ्य पनि खराब हुन्छ । मृगौला खराब बनाउने यी ७ कारण : १. पानी कम पिउने बानी- पानी कम पिउने बानीले मृगौलालाई निकै असर गर्छ ।

पानी कम पिउने बानीका कारण मृगौला र मुत्रनलीमा संक्रमण हुने चिकित्सकहरु बताउँछन् । साथै मृगौलामा पथ्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यस कारण दैनिक कम्तिमा पनि दुई देखि तीन लिटर पानी पिउनु आवश्यक छ । २. धुम्रपान सेवन- धुम्रपान तथा तम्बाकू सेवन गर्नु पनि मृगौलालाई हानी पुर्याउनु हो ।

धुम्रपानमा सेवन गर्दा ऐथेरोस्कलेरोसिस रोग लाग्न सक्छ । जस्ले रक्तनलीमा रक्त बहावमा कमी आउने हुँदा मृगौलामा रगत कम जाँदा कार्यक्षमतामा पनि ह्रास आउँछ । साथै धुम्रपानले मृगौलालाई असर गर्ने मात्रै होइन अन्य विभिन्न रोग पनि लाग्ने गर्छ । ३. बिहान उठ्ने वित्तिकै पिशाव नफेर्नु- रातभरमा मुत्राशयमा पूरै मुत्र भरिएको हुन्छ ।

जस कारण बिहान उठ्ने वित्तिकै पिशाव फेर्नुपर्ने हुन्छ । नत्र मृगौलालाई असर गर्छ । ४. नुनको अधिक सेवन- नुनले भोजनलाई स्वादिलो बनाउने काम गर्छ । तर यसको अधिक मात्रामा खाँदा भने शरीरलाई नकारात्मक प्रभाव पार्छ । जसले मृगौलालाई असर गर्छ । ५. उच्च रक्तचापको उपचारमा लापर्बाही- उच्च रक्तचापको उपचारमा लापर्बाही गर्दा मृगौलामा असर गर्छ ।

यस कारण सधैं उचित समयमा आफ्नो रक्तचापको परीक्षण गरी यसलाई नियन्त्रणमा राख्नु उचित हुन्छ । ६. मधुमेहको उपचार गर्न कमी गर्दा- मधुमेहका शिकार भएका ३० प्रतिशत व्यक्तिलाई मृगौला सम्बन्धी रोग लाग्ने गर्छ । साथै मृगौला रोगीहरुलाई मधुमेह लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । यसर्थ यी दुई रोग लाग्नु एकआपसका कारण पनि हो ।

तसर्थ रगतमा चिनीको मात्रा कम गराउनु आवश्यक छ । साथै खानपानमा पनि नियन्त्रण गर्नु अझै राम्रो हुन्छ । ७. धेरै मात्रामा पेनकिलयर सेवन गर्नु- चिकित्सकको सल्लाह बिना विभिन्न औषधि अझै दुखाई कम गर्ने (पेनकिलयर) खालका औषधि खाने बानीले मृगौलालाई निकै असर गर्छ । यसर्थ चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्नु हुन्न ।

कुनै रोगीका विरामीले सेवन गर्न नियमित औषधिले पनि मृगौलालाई असर गर्छ । यी बाहेक मादक पदार्थको सेवन, शरीरमा पर्याप्त आराम नपुग्दा, दूषित भोजन खाँदा, धेरै मासु खाँदा लगायतका कारण पनि मृगौलालाई असर गर्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस