आठ कक्षामा पढ्ने १३ वर्षीय विद्यार्थीका साथ भागीन २६ वर्षीया शिक्षिका

यो घट्ना अलि अगाडीको हो । भारतमा एउटा अनौठो घटना भएको छ । भारतको गुजरातमा उउटा शिक्षिका आफनै विद्यार्थी संग भगेकी छिन । गुजरातको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १३ वर्षीय विद्यार्थीका साथ भागेकी छन् । आफनो छोरालाई शिक्षिकाले फकाइ आफनो जालमा पारेको विद्यार्थीका पिता प्रहरीलाई दिउको उजुरीमा उल्लेख गरेका छन ।

सरकारी कर्मचारी हुन् र उनले प्रहरीसमक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गायब छन् । एक प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए ।

शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ । भारतीय द-ण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरीसमक्ष उजुरी दर्ता गरिएको छ । उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।

‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ । छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन् । हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरूकहाँ पनि सोधखोज गर्‍यौं तर पत्ता लगाउन सकेनौं । म त्यसपछि शिक्षिकाको घर गएँ तर उनीहरू त्यहाँ थिएनन्,’ किशोरका पिताले उजुरीमा उल्लेख गरेका छन् । उनीहरू दुवैले मोबाइल फोन नबोकेकाले पत्ता लगाउन गाह्रो परेको कलोल शहर प्रहरीका निरीक्षक केके देसाईले बताए ।

प्रतिक्रिया दिनुहोस