भारतीय दुध, माछा र हरियो तरकारी आयातमा रोक

रुपैडिहा नाकाबाट निर्वाध रुपमा भित्रिरहेको दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाइएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको सोमबार बसेको बैठकले भारतीय दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाउने निर्णय गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् समितिका संयोजक रामबहादुर कुरुम्बाङले भारतीय माछा, दुध र हरियो तरकारी आयातमा पुर्ण रुपमा रोक लगाइएको जानकारी दिए । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा उक्त बस्तु आयातमा रोक लगाउनुपर्ने चौतर्फी रुपमा सुझाव आएको थियो ।

उक्त बैठकमा सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । भारतीय माछा, दुध र हरियो तरकारी आयातमा रोक लगाएपछि बाँकेका किसान खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस