इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश

एजेन्सी – इटालियन क्लव इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टर फाइनलमा प्रवेश गरेको हो ।

इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले दुई/दुई गोल गरे भने ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे ।

खेलमा अग्रता इन्टरले मार्टिनेजको गोलमा १९औं मिनेटमा लिएको थियो । ड्यानिलोले ६४औँ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । मार्टिनेजले त्यसको १० मिनेटपछि ७४औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० ले अघि बढाए ।

खेलको ७८औं र ८३औं मिनेटमा दुई गोल गर्दै लुकाकुले इन्टरलाई ५-० को जित सुनिश्चित गरे । इन्टरले अब उपाधिका लागि शुक्रबार सेभिल्लासंग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस