दुनियाँकै पढन्ते व्यक्ति,जसले ४२ वटा विश्वविद्यालयबाट २० वटा डिग्री

विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हालिस गर्नु वास्तवमा सबैका लागि सजिलो कुरा होइन, निकै मेहेनत गर्नुपर्दछ । एउटा कुनै विश्वविद्यालयबाट कुनै विषयमा डिग्री हासिल गरेपछि अधिकांशले औपचारिक पढाइ छाडेका हुन्छन् । तर यो दुनियाँमा एकजना यस्ता मानिस पनि थिए जसले विभिन्न ४२ वटा विश्वविद्यालयमा पढे र २० वटा डिग्री हासिल गरे।

सबैभन्दा योग्य भारतीय अर्थात मस्ट क्वालिफाइड इण्डियनको रुपमा लिम्काबुक अफ रेकर्डमा नाम दर्ज गराउन सफल श्रीकान्त जिचचर भलै अहिले यो दुनियाँमा छैनन् तर उनी सायद भारतमा मात्र नभइ दुनियाँकै सबैभन्दा पढन्ते व्यक्तिमा गनिन्छन् होला ।

भारतको महाराष्ट्रमा सन् १९५४ मा जन्मिएका श्रीकान्तले केवल पढाइ मात्र गरेनन् विश्वविद्यालयमा विद्यार्थी राजनीति हुँदै सांसद र मन्त्रीसमेत बने ।

उनले विभिन्न ४२ वटा विश्वविद्यालयमा विभिन्न विषय पढे र २० वटा विषयमा त डिग्री हासिल नै गरे । अधिकांश विषयमा उनले प्रथम श्रेणी हात पारे भने केहीमा त सर्वोत्कृष्ट अंक हासिल गरेर स्वर्णपदकसमेत पाएका थिए ।

श्रीकान्तले डाक्टरीदेखि व्यवस्थापन र पत्रकारितासम्मका विषयमा डिग्री हासिल गरे । उनले एमबीबीएसदेखि एमबीए, एलएलबी तथा पत्रकारितामा समेत डिग्री गरेका थिए । स्नातकोत्तर मात्र नभइ उनले एउटा विधामा विद्यावारिधिसमेत गरेका थिए । कतिपय फरक फरक विषयमा उनले विभिन्न पटक एमए गरे ।

उनले भारतको सर्वाधिक क’ठिन मानिने लोकसेवा आयोगको परीक्षासमेत उत्तीर्ण गरी भारतीय निजामती सेवाको अधिकृत बनेका थिए । तर उनले छिटै नै जागिरबाट राजीनामा दिए । पहिलोपटक आईपीएस बनेर राजीनामा दिएका उनले दोश्रोपटक पनि लोकसेवा परीक्षा पास गरेर आइएएस बने । उनले उक्त पदबाट समेत राजीनामा दिएर राजनीतिमा होमिए।

श्रीकान्त पढाइएका अम्मली नै थिए । उनको घरमा ठूलो पुस्तकालय थियो र त्यहाँ ५० हजारभन्दा धेरै किताब थिए । पढाइ र राजनीतिका अलावा पेन्टिङ, फोटोग्राफी, घुमफिर र अभिनयमा पनि उनको रुची थियो ।

उनको अध्ययनको क्षेत्र सर्वव्यापी थियो र जुनसुकै विषयमा पनि उनले ब’हस गर्न तथा ज्ञान बाँड्न सक्दथे भनिन्छ । यस्ता बहुमूखी तथा जिनियस व्यक्तिको दुखान्त भयो । ५० वर्षकै उमेरमा गाडी दुर्घटनामा परेर उनको मृ’त्यु भयो । यद्यपि आफ्ना झण्डै दुई दर्जन डिग्रीका कारण उनले सवा अर्बभन्दा धेरै जनसंख्या भएको भारतमा आज पर्यन्त सबैभन्दा शिक्षित व्यक्तिका रुपमा इतिहासको पानामा अंकित छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस