यस्तो हुन्छ सिंह, मेष र धनु राशि हुने व्यक्तिको भाग्य

सिंह, मेष र धनु राशि अग्नि तत्वसँग सम्बन्धित छन्। यी राशिसँग सम्बन्धित व्यक्तिहरू पनि अग्नि जस्तै तीखो र आवेगमा आउने स्वभावका हुन्छन्। सिंह, मेष वा धनु राशिका व्यक्तिहरूमा काम पूरा गर्न अरुभन्दा फरकै जोस र उत्साह हुन्छ। तिनीहरू थकित हुँदैनन् र आफ्नो उद्देश्य वा काम पूरा नभएसम्म तिनीहरू हरेस खाँदैनन्। उनीहरूले जुन कुरा गर्ने निर्णय गर्छन् त्यो कुरा पूरा गरेपछि मात्र तिनीहरू शान्तिसँग बस्छन्।

पूर्वानुमान

यदि केहि गलत हुन गइरहेको छ वा यदि वरिपरि केहि ठीक छैन भने अग्नि तत्वसँग सम्बन्धित मानिसहरूले धेरै पहिले यो महसुस गर्छन् र त्यसपछि सावधानीका साथ हरेक चरणमा अगाडि बढ्छन्।

मैत्री स्वभाव

अग्नि तत्व सम्बन्धित राशिका मानिस निकै मैत्री स्वभावका हुन्छन् । यसै कारणले यिनीहरु कसैलाई पनि सजिलै आफ्नो मित्र बनाउँन सफल हुन्छन् । यी मानिस कसैसँग पनि छिटै घुलमिल हुन्छन् ।

आदेश दिने बानी

यी मानिस आफुलाई अरुभन्दा उत्कृष्ट ठान्छन् । यी व्यक्ति प्रार्थना गर्नु भन्दा आदेश दिनमा विश्वास राख्छन् । यिनीहरु उनै व्यक्तिका साथ रहन सक्छन् जसले यिनीहरुको यो स्वभाव बुझेर बिना गुलासो यिनीहरुलाई सम्झन सक्छ्र ।

यो पनि पढ्नुहोस
मंगलबार यसरी गर्नुस् भगवान गणेशको पूजा: मिल्छ सुख, शान्ति र समृद्धि

के तपाईलाई थाहा छ ? मानिसको शरीरभित्र हुन्छ यस्तो अलौकिक शक्ति

इमान्दार

अग्नि तत्वसँग सम्बन्धित राशिका मानिस निकै इमान्दारी हुन्छन् । यिनीहरु आफ्नो मनमा जे छ त्यहि नै बोल्छन्। यिनीहरुको यहि स्वभाव कहिलेकाहिँ अन्य मानिसलाई मन पर्दैन ।

स्वतन्त्रता

यिनिहरु कसैसँग पनि छिटै घुलमिल हुन्छन् तर पनि यिनीहरु आफ्नो स्वतन्त्रता मन पराउँछन् । यिनीहरु आफ्नो काम आफैं स्वतन्त्र भएर गर्न मन पराउँछन् ।

मनकारी

यिनीहरु ठुलो मनका हुन्छन् । यिनीहरुको प्रेमको गहिराई बुझ्न निकै गाह्रो हुन्छ्र यसका साथै, यिनीहरुलाई नयाँ नयाँ कुरा प्रयास गर्नु वा अनुभव गर्न निकै मन पर्छ्र ।

परिश्रमी

यी व्यक्तिहरू अत्यन्त मेहनत गर्ने स्वभावका हुन्छन्। यिनीहरू आफ्नो लागि महत्त्वपूर्ण कुरा को त निकै ध्यान राख्छन्, अन्यथा यिनीहरू अरु चिजको मतलब गर्दैनन्।

प्रतिक्रिया दिनुहोस