नेपालमा पहिलो पटक एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस