गण्डकी प्रदेशमा थपिए ९ जना संक्रमित

पोखरा, २ भदौ । गण्डकी प्रदेशमा मंगलबार विहान थप ९ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा ९ जना रहेको छ । भने आजै कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस