शुभद्रा अधिकारीको निधन भएको एक वर्षपछि थाहा पाउनेहरु

प्रख्यात चरित्र अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको आज एक वर्ष पुग्यो। तर, चलचित्र क्षेत्रकै केही व्यक्तिहरु उनको निधनबारे हिजोका दिनसम्म बेखबर रहेछन्।

अभिनेत्री मिथिला शर्मासहित केही कलाकारले स्वर्गीय अधिकारीको वार्षिकीका अवसरमा उनलाई श्रद्धान्जली व्यक्त गर्दै बिहान फेसबुकमा पोष्ट गरेका थिए। तर, एउटा अनलाइनले भने अधिकारीको भर्खरै निधन भएको जसरी समाचार प्रकाशित गर्यो। अनि सामाजिक सञ्जालमा सुरु भयो ‘रिप’ को वर्षा।

यस्तो समाचारले सर्वसाधारणमा भ्रम सिर्जना गर्नु अस्वभाविक भएन। तर, चलचित्र क्षेत्रमा नै आवद्ध रहेका व्यक्तिहरु समेत यस्तो समाचारको पछि दौडेर गोहीको आँशु झार्नु चाहिँ बिडम्बना हो। चलचित्र क्षेत्रकी एक हस्तीको निधन भएको एक वर्षपछि समाचार थाहा पाएर उनीहरु ‘भावविव्हल’ बनेका छन्।

एउटा चलचित्रमा नायिका बनेर अभिनय गरेकी एलिजा गौतम (ऋषी धमलाकी पत्नी) ले आज दिउँसो भावुक बन्दै फेसबुकमा पोष्ट गरिन्।

प्रतिक्रिया दिनुहोस