कर्णालीमा प्रदेश सांसदसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि

३ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एक जना प्रदेशसभा सांसदसहित ४३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बुधबार थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कर्णाली प्रदेशसभाका एकजना सांसदलाई समेत कोरोना देखिएको छ । ५३ वर्षीय सा‌सदले जनस्वास्थ्य कार्यालय सुर्खेतमै स्वाब दिएका थिए ।

थपिएका संक्रमितमध्ये सल्यानका १७, सुर्खेतका १० जना, जुम्लाका ९ जना, दैलेखका ४ जना, बाँके, डोल्पा र कास्कीका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले जानकारी दिए ।

महाशाखाका अनुसार सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडानम्बर १,२,३,४ र ५ का १० महिने बालक, ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस