म हारेको छैन झन म मा मनोबल दह्रो भएको छ : संक्रमित नर्स

भरतपुर, भरतपुर सेन्ट्रल अस्पताल भरतपुरमा विगत साढे दुई वर्षदेखि काम गर्दै आउनुभएको सिम्रन तिवारीलाई कोरोना संक्रमण भएको छ । संक्रमण तीब्र गतिमा फैलिरहेको समयमा सेवानै धर्म हो भनेर निरन्तर आफ्नो कर्तव्य बोध गर्दै सेवा गर्दै आउनुभएकी सिम्रनले आफैले फेसबुकमा लामो स्टाटस लेखेर मनै छुने खालको भावना ब्यक्त गरेकी छीन् । हामीले तपाईहरुलाई उहाँको फेसबुक स्टाटस जस्ताको तस्तै प्रस्तुत गरेका छौं, हुर्नुहोस उहाँको स्टाटस जस्ताको तस्तै :-काम गर्दै गर्दा कोरोना सन्क्रमित भएछु , स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद ।

म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु।मलाइ थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र पढेको होइन जस्तो सुकै अवस्थामा पनि बिरामिको सेवा गर्न सकु र गर्छु भनेर नर्स पेशा अंगालेको हु। आफ्ना ब्यक्तिगत कुराहरुलाइ त्यागेर निरन्तर रुपमा बिरामिको सेवामा लागिरहेको पनि केहि बर्ष भैसकेछ । काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेका थिएनौ ।तर एक्कासि संसारलाइ नै तर्साउने गरि कोरोना भाइरस फैलियो। कयौ देशहरुमा हजारौ नागरिकको ज्यान गयो। बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाल्यो।

तर कहिल्यै हतोत्साहित नभै निरन्तर आफ्नो कर्ममा लागिरहे मैले सोचेकि म एकजना नर्सले गार्हो हुने भयो म सन्क्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला। भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझाबलाइ ग्रहण गर्दै काममा लागिरहे!घरमा बुवा आमा भाइ बहिनिलाइ आफैले सम्झाए म मा मात्र सिमित छैन बाबा ममि मैले समाजका लागि काम गर्नु पर्छ म यतिखेर घरमा काम नगरि बस्ने हो भने मैले नर्स पेसा अगालेको अर्थ हुदैन न आतिनु म सुरक्षित भएर बिरामिको सेवा गर्नेछु भनेर घर परिवारलाइ सम्झाउदै आफ्नो कर्ममा लागिरहे ।

कयौ रात बाबा ममि निदाउनुभएको छैन कतै छोरि सन्क्रमित त हुनेहोइन भनेर भोलि समाजले के भन्ला छि छि र दुर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थियो। केहि दिन अगाडी अस्पतालमा उपचार गरिरहनुभएका बिरामिमा कोरोना पोजेटिभ भयो रे भन्ने सुने उहा हरुलाइ सधै हामिले रेखदेख गरिरहेका हुन्थियौ। एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु ।पछि आफुलाइ समाले त्यसपछि हामिलाइ छुटै ठाउमा राखियो ।त्यसको पर्सि पल्ट म लगायत हामि साथिहरुको कोरोना तभकत का लागि स्वाब लगियो नभन्दै हाम्रो रिपोर्ट पनि उयकष्तष्खभ आयो।

प्रतिक्रिया दिनुहोस