दुखद खबर ! विवाह गर्न नमान्दा डाक्टरले गरे आफ्नै प्रेमिकाको घाँ’टी थिचे’र ह’त्या

एजेन्सी, ४ भदौ । भारतमा विवाह गर्न नमानेको भन्दै प्रेमीले आफ्नै प्रेमिकाको ह’त्या गरेका छन्। उत्तरप्रदेशको आगरामा २६ वर्षीया डा. योगिता गौतमको ह’त्या गरेको आरो’पमा प्रहरीले उनका प्रेमी डा. विवेक तिवारीलाई प’क्राउ गरेको हो।

एसएन मेडिकल कलेजको गाइनेलोजी विभागमा कार्यरत योगिताले भर्खरै मास्टर्स अफ सर्जरीको पढाइ सकेकी थिइन्। उनको अन्तिम वर्षको नतिजा त मंगलबारमात्र सार्वजनिक भएको थियो।

योगिता र विवेक केही वर्षदेखि प्रेमसम्बन्धमा थिए। विवेक योगिताका एमबिबिएस पढ्दाताकाका सिनियर हुन्। उनी अहिले कानपुर जिल्लाको मेडिकल अफिसर थिए। उनले योगिताको ह’त्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन्।

विवेकले योगितासँग विवाह गर्न चाहेका थिए। योगिताले नमानेपछि उनले ह’त्या गरेको प्रहरीले बताएका छन्। मंगलबार जालौनमा रहेका विवेक योगितालाई भेट्न आगरा गएका थिए। भेटघाटकै क्रममा उनीहरूबीच वि’वाद सुरू भएको थियो। विवा’दकै विवेकले योगिताको घाँटी थिचेर ह’त्या गरेका थिए। तर उनी त्यतिमै रोकिएनन् योगिता मरेको पक्का गर्न च’क्कुले टाउको र मुखमा पटकपटक प्र’हार गरे।

 

प्रतिक्रिया दिनुहोस