पाटन अस्पतालमा काेराेना संक्रमित एक युवती र एक पुरूषकाे मृत्यु

काठमाडाैँ, ५ भदाै । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।

पाटन काेभिड विशेष अस्पतालमा भर्ना भएका दोलखाकी ३० वर्षीय महिला अर्का एक सर्लाहीका पुरूषकाे उपचारकै क्रममा शुक्रबार मृत्यु भएको जनाइएकाे छ ।

दाेलखाकी महिलाकाे भदौ २ गतेदेखि पाटनमा उपचार भइरहेको थियो भने सर्लाहीकाे मलंगवा निवासी ४६ वर्षका पुरुषको पनि साेही अस्पतालमा उपचार भइरहेकाे थियाे । उनीहरूकाे आज बिहान मृत्यु भएको ललितपुर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस