मन्दिर भुईमा सुत्दा महिला गर्भवती हुने अचम्मको मन्दिर,

यस्तो एक मन्दिर छ जहाँ महिलाहरु भुईमा सुतेमा गर्भवती हुने विश्वास गरिन्छ । मन्दिरमा यस्तो विश्वास मात्र नभई यस्तै भएको पनि छ । यसबाट धेरै मानिस दंग परेका छन् । सन्तान–दात्री मन्दिर हिमाचल प्रदेशको एक गाउँमा अवस्थित छ । यो मन्दिर सिमसा माताको मन्दिर मानिएको छ ।जहाँ निसन्तान महिला भुईमा सुतेमा गर्भवती हुन्छन् ।त्यसै पनि महिलाहरु सन्तान प्राप्तीको लागी धेरे कष्ट पनि सहन बाध्य हुन्छन्, तर त्यहाँ भने भुईमा सुत्दा बित्तिकै सन्तान प्राप्त हुन्छ ।

नवरात्रीमा सलिन्दरा उत्सव मनाउने चलन छ, यस रातमा निसन्तान महिलाहरु मन्दिरमा रात र नि सुत्छन् । टाढा टाढाबाट यो मन्दिरमा महिलाहरु आई भक्ति गर्दछन् ।रात र दिन लगाएर सुतेका महिलाहरुको श्रद्धा देखेर सिमसा माता सपनामा आएर सन्तानको आर्शिवाद दिने गर्छिन् । महिलालाई सपनामा अमरुद फल दिएमा छोरा हुने र भिन्डी दिएमा छोरी जन्मने विश्वास मानिआएको छ । यदि सपनामा धातु, केटी वा ढुंगाबाट बनेको वस्तु प्राप्त भएमा सन्तान नहुने, शरीर चिलाउने र रातो दाग देखिन्छ ।

प्रतिक्रिया दिनुहोस