तीजको दिनको नेपाली बजारमा सुनको मूल्य कति पुग्यो ?

५ भदौ, काठमाडौं । तीजको दिनको नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । हिजो सुनको मुल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ थियो । आज पनि सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस