रातारात सेलिब्रेटी बने यि ८४ वर्षका जोडी, पुराना लुगाले फेरीयो नयाँ जिवन

ताइवान । सामाजिक सञ्जालमा युवा र तन्नेरी समुह भाइरल भएका उदाहरण हामीले देखेका छौं । सामाजिक सञ्जाल इन्स्टाग्राम, टिकटकवाट धेरै युवायुवती छोटो समयमा नै सेलिब्रेटी बनेका उदाहरण हामीले देखेका छौं । तर ८० वर्ष नाघेका का एक जोडि पनि सामाजिक सञ्जालवाट रातारात भाइरल भएका छन् । ताइवानका एक जोडी इन्स्टाग्राम प्रयोगकर्तामाझ भाइरल भएका छन् । उनीहरुलार्य सामाजिक सञ्जाल प्रयोगकर्ताले अध्याधिक रुचाएका छन् ।

यि वृद्धवृद्धा उनका नातीका कारण चर्चित भएका छन् । ८३ वर्षीय चाङ वान जी र उनकी ८४ वर्षीया पत्नी सु शो एर इन्स्टाग्रामका सेलिब्रिटी बनेका छन् । उनलाई यस्तो आइडिया नातीले दिएका छन् । जसका कारण उनीहरुके इन्स्टाग्राम फलो गर्नेहरुको संख्या छोटो अवधिमै ६ लाख नाघिसकेको छ । उनीहरुको नयाँ ‘स्टाइल’को ‘फेशन’ इन्स्टाग्राममा भाइरल भएको हो । उनीहरु त्यहाँको स्थानिय मिडियामा समेत छाएका छन् ।

यो जोडीले ताइवानको सानो केन्द्रीय सहर ताइचुङ नजिकै दशकौँदेखि सानो लन्ड्री सञ्चालन गर्दैआएको थियो । वर्षौँदेखि ग्राहकहरुले अर्डर दिएका कपडा कसैले बिर्सिन्थे त कसैले लिन आउँदैनथे । सोही कपडालाई फेसनका रुपमा प्रयोग गरेर सेलिब्रटि बनेक छन् ।

यस्तैमा चाङका ३१ वर्षीय नाती रिफ चाङले ती थन्किइराखेका कपडा वृद्ध जोडीलाई लगाइदिएर मोडलिङ गराइदिने आइडिया निकाले । जुक आइडिया निकै चर्चित भयो । उनक हजुरवुवा हजुरआमाको व्यवसाय खस्किन थालेपछि बेकामी बनेर सडकमा भौँतारिरहेका थिए, तर उनले निकालेको यो गजबको आइडियाले उनीहरुको आर्थिक पक्ष मात्र बलियो भएन रातारात सेलिब्रटी बने ।

‘यी कपडाको मोडलिङबाट मैले ३० वर्ष कान्छो भएको महसुश भयो,’ चाङ वान जीले भनेका छन् । वान जीकी पत्नी सु पनि यस्तो कामबाट आफू खुसी बनेको बताउँछिन् । उनले मिडियासामु भनेकी छन्, ‘धेरै मानिसले मलाई तिमी त चर्चित भयौ, र निकै कम उमेरको देखिन्छ्यौ भन्छन् ।’ उनी थप्छिन्, ‘म उमेरमा बुढी भइसकेँ, तर मेरो मनलाई बुढेसकाल लागेको छैन, म सुन्दर कपडा लगाएर बाहिर रमाइलो गर्न जान मन लाग्छ ।’

यसवाहेक सु ले ३० वर्षअघि आफैँले किनेका कपडा पनि फेसनका रुपमा प्रयोग गर्न थालेका छन् । उनीहरुको इन्स्टाग्राम एकाउन्ट ‘एटवान्टशोयास्योङ’ हो । जुन उनीहरुका नाती रिफले चलाउँदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस