आज घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौँ । आज सुनको मूल्य घटेको छ। हिजो प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ सयले घटेर प्रतितोला ९८ हजार ४ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस