द्वापर युग करिब ५,००० वर्ष पहिला गरिएका यी २१ भविष्यवाणी जुन अहिले सत्य सावित हुँदैछन्, एक पटक अवस्य पढ्नुहोस्

“आजभन्दा करिव ५००० वर्ष अगाडि अर्थात् द्वापर युगमा (श्रीमद् भगवद् गीतामा ) गरिएका केही भविष्यवाणी अहिले सत्य सावित हुँदै ! ”

१. मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन्, जसको फलस्वरुप आश्रममा लगेर राख्नेछन् ।
२. व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ ।

३. नजिकका खोला,नाला,ताल तलैया फोहोर हुनेछन् एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ ।
४. मानिसको सौन्दर्य उसको कपालमा छ भन्ने सोचिनेछ ।

५. पेट भर्ने र अरुलाई मानेर धन कमाउने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ ।
६. संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाई धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछन् ।

७.मानिसहरु अल्पज्ञानी हुनेछन् ,जो धेरै शब्दहरुमा खेल्न सक्छन् र गफ हाँक्न सक्छन् उ नै सबैभन्दा विद्वान र शक्तिशाली ठहरिनेछ
८. अत्याधिक कर र अनिकालका कारण मानिसहरु पात,जरा, मासु,जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन् ।

९. कलियुगमा राम्रो जन्म,उचित व्यवहार र असल गुणलाई गौण मानिनेछ । केवल धनलाई मात्र मानिसले सबैथोक मान्नेछन, कानुन र न्यायिक निर्णय शक्तिशाली मानिसको हातमा जानेछ ।
१०. सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस् ।

११. महिला र पुरुष एक अर्का प्रति आकर्षण भए मात्र मिलेर बस्नेछन् ।
१२. मानिससँग धन छैन भने समाजमा उसलाई कसैले पनि गन्ने छैनन् । छल,कपट र सुन्दर व्यक्तित्वलाई सद्गुण मानिनेछ ।

१३. केवल मौखिक सहमति र सुन्दरतालाई विवाहको लागि आधार मानिनेछ ।
१४. कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन् । सबै मित्रवत सम्बन्धलाई त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन् ।

१५. व्यापारमा बढी नै छल हुनेछ र व्यापारी नाफामुखी हुनेछन् ।
१६. मानिसहरु अल्पज्ञानी हुनेछन् ,जो धेरै शब्दहरुमा खेल्न सक्छन् र गफ हाँक्न सक्छन् उ नै सबैभन्दा विद्वान र शक्तिशाली ठहरिनेछ ।

१७. मानिसहरू नुहाएर सफा सुन्दर अनि राम्रो कपडा लगाएर मात्र अरुको नजिकै जान अर्थात सँगै हुन पाउने छन।
१८. जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफूलाइ शक्तिशाली देखाउन राजनीतिको चरम दुरुपयोग गर्नेछ ।

१९. जसले परिवार पाल्न सक्छ जसले नियम बिपरित पैसा कमाउनेछ उ नै विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ ।
२०. धर्म,सत्यता,स्वच्छता,सहिष्णुता,दया, उमेर,शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ ।
२१. जब दूध दिन छोड्दछन् तब गाईहरु बेवारिसे छोडिनेछन् वा मारिनेछन् वा मासुको लागि प्रयोग गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस