माउसुली घरको भित्तामा बस्याे भने दिन्छ यस्ताे संकेत….

भनिन्छ नि माउसुललिले छाेयाे भने २४ घण्टा भित्र हामिले उपचार गरिसक्नु पर्छ । तर घरमा माउसुली देखिनु भनेकाे याे त निकै सामान्य घटनाकाे रुपमा लिन सकिन्छ ।

सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हि स्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे उल्लेख गरिएकाे छ ।

धर्म शास्त्र अनुसार, प्रचलित शकुन शास्त्रको माउसुलीलाई कुनै विशेष समयमा देख्नु, जमीनमा या शरीरमा खस्नु भविष्यका लागि शुभ–अशुभ घटनाको संकेतसँग गाँसिएका छन् ।

कतिपय मानिसले घरमा भएकाे माउसुलिलाइ भने मार्ने, फाल्ने गर्छन् । तर, शास्त्रका अनुसार माउसुलीलाई तिहारको वेलामा देखियो भने यसलाई लक्ष्मीको प्रतिक मानिन्छ । जसको अर्थ आगामी वर्षमा घरमा धनसम्पत्तिमा बृद्धि हुनु हो।

यदी घरको भित्तामा माउसुली देख्नु भयो भने तत्काल मन्दिर या भगवानको मूर्ति नजिक राखिएको अक्षता ल्यार माउसुलीलाई छर्किदिनुस्। यस्ताे गरेमा शुभ लाभ हुनेछ ।

छर्कदै आफ्नो मनोकामना भन्नुस् यसो गर्नाले तपाईले इच्छाएको बस्तु वा मनोकामना पुरा हुने छ। माउसुलीको पूजा अर्चना गर्नाले धन समबन्धी समस्याको हल हुने धार्मिक मान्यता छ। त्यसैले माउसुलाइ नराम्राे नजरले नहेर्नुहाेस् साथै कुनै जिवलाइ पनि नराम्राे नजरले नहेर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस