उत्तर कोरियाली शासक किम कोमामा पुगेको दाबी, बहिनीले पाइन् अधिकार !

एजेन्सी । उत्तर कोरियाका शासक किम जङ उन फेरि गम्भीर बिरामी परेको समाचारहरु सार्वजनिक भएको छ।

उनी अहिले कोमामा रहेकाले उत्तर कोरियाको शासन सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको समाचारहरु बाहिरिएको छ ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङलाई उधृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाए अनुसार

केही दिनअघि मात्र किमले आफ्नी बहिनी यो जोङलाई थप अधिकार दिएर शक्तिशाली बनाएकाे खबर सार्वजनिक भएकाे थियाे।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले आफ्नो देशका सञ्चारमाध्यमसँग ‘मैले थाहापाएअनुसार उनी (किम जोङ उन) कोमामा छन्’ भनेका छन्।

उनले जासुसमार्फत आफूले यो गोप्य कुरा थाहा पाएको दाबी गरेका छन्।

यसअघि पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा किमको मृत्यु नै भएको खबर आएका थिए। तर पछि उनी सार्वजनिक भएका थिए।

प्रतिक्रिया दिनुहोस