एक बर्ष अगाडि बेचेको उँट सात दिन हिँडेर पुरानो घर फर्कियो, शरिरमा थिए चोटैचोट

एजेन्सी – हामिले घरमा गाई, भैसी, बिरालो, कुकुर पाल्ने गर्छौं । घरमा पालेका जनावरसँग हाम्रो सम्बन्ध पनि नजिक हुन्छ ।

लामो समयसम्म एउटै घरमा बस्दा जनावरले घरका सदस्यलाई अर्थात आफ्नो मालिकलाई चिनेको हुन्छ । चीनमा एक मानिसले आफुले पालेको उँट बेचे । तर उक्त उँट लामो समयपछि घरमै फर्कियो ।

यो घटना उत्तरी चीनको हो । बेचेको उक्त उँट सात दिन एक्लै हिँडेर आफ्नो पुरानो घर आयो । असम्भव लाग्ने बाटो पार गरेर उँट घरमा आइपुगेपछि पुरानो मालिकले आफ्नो परम्पराअनुसार स्वागत गरेको न्यूज सीजीटीएन डटकममा समाचार छ ।

उनले उक्त उँटलाई एक बर्ष अगाडि आफ्ना साथीलाई बेचेका थिए। लामो समयपछि असम्भव बाटो हिडेर आएको उक्त उँटको शरिरमा चोटैचोट थियो ।

उँट फलामको जाली र बार पार गरेर आएको थियो । धेरै नै तारजाली नाघेर आउदा उँटको शरिरमा चोटहरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस