यस्ता गुण भएकी नारी घरमा छिन् भने मान्नुस् तपाईंको घर स्वर्ग समान

भनिन्छ एउटा सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका हुन्छ । हुनपनि असल नारी भएको घर नै स्वर्ग समान हुन्छ ।

शास्त्रले पनि यहि बताउँदै आएको छ की असल नारी कुनैपनि घरको गहना हो । यहाँ हामीले नारीमा हुनुपर्ने केही गुणहरु उल्लेख गरेका छौं । जुन गुण हुने नारीहरु भएको घर स्वर्ग समान हुन्छ ।

– जुन नारी मीठो बचन बोछिन्, जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली÷ब्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी भएको घर स्वर्गसमान हुन्छ ।

– कुनैपनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावना, दयावान र कर्तव्य पालना गर्ने नारी छिन् भने मान्नुस् त्यो घर स्वर्ग समान हुन्छ ।

– जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् त्यस्तो घर पनि सुन्दर बगैंचा जस्तै हुन्छ ।

– जो नारीले घरमा आएका पाहुनालाई हार्दिकताका साथ स्वागत गर्छीन् भने त्यो घरमा पनि देवताका बास हुन्छ ।

– अर्काको दुखमा सहयोग गर्ने नारीले पनि आफ्नो घर उज्यालो बनाउन सक्छन् ।

– जुन नारी हरेक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् भने त्यस्तो नारी भएको घर एकदमै आनन्ददायी हुन्छ ।

– पतिव्रत धर्मको पालना गर्ने नारी भएको घरमा पनि कहिल्यै झगडा पर्दैन ।

प्रतिक्रिया दिनुहोस