जब विवाहको कार्डमा यस्तो दाइजो ल्याउनु भनेर लेखियो, संसार पर्यो दंग

एजेन्सी । हामीले पक्कै पनि विवाहमा बिभिन्न उपहार नव विवाहित जोडीलाई दिएको देखेका नै छौँ होला । उपहारमा घडि,औँठी कपडा बिभिन्न उपहार दिने गरिन्छ । आएका गिफ्ट धेरैले सम्हालेर राखेका हुन्छन् । तर, एउटा विवाहमा भने यि कुराहरु नभएर किड्नी, आँखा र दिल एक जोडीले उपहारका रुपमा पाएका छन् ।

भारतको राजस्थानमा एक संस्था विगत ८ वर्षयता नेत्रदान, अंगदान जस्ता बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यसै संस्थामा काम गर्दै आएका टिंकु ओझाको विवाहमा उनलाई उपहारका रुपमा यि उपहार मिलेका हुन् ।विवाहको कार्डमा आफन्तलाई नव्विवाहित वर्वधुलाई केहि उपहार दिनु छ भने आफ्ना अंगदान दिनुहोस लेखेर पठाईएको थियो । यो खबर विवाह कार्डमा पठाएपछि धेरै आफन्तहरु अंग दान गर्नुपर्ने डरले विवाहमा नै आएनन् ।

उनीहरुको विवाह भव्य बनाउन शाइन इन्डिया फाउण्डेशनका पाँच सदस्यहरु उनीहरुको विवाह मण्डपमा पुगे र त्यहाँ उपस्थित व्यक्तिहरुलाई अंगदानको बारेमा विस्तारमा बताए ।विवाहमा आउने देखि गाउँका मानिसहरुलाई आफू मरेपछि मात्र अंग दान गर्ने कुरा बताएपछि आफन्तका साथै गाउँलेहरु उनीहरुको कुरामा सहमत भए । साथै उक्त कम्पनिले गाउँमा गएर पनि अंगदानको बारेमा जानकारी गरायो । उनीहरुको जानकारीपछि गाउँलेहरुले अंग दान गर्न सहमति जनाए ।

गाउँमा रहेका मध्य ३५ भन्दा धेरैले अंगदान, ५ मुटु, ११० जनाले आँखा तथा ३ जनाले देहदान गरे । आफन्तहरुमध्ये पनि ३० जनाले आँखादान गरे । नव विवहित जोडीहरुले पनि २ हजार मानिसका बीचमा अंगदान गर्ने निर्णय गरे । उनीहरुको विवाहमा गाउँलेहरुले उपहार स्वरुप आ९ आफ्ना अंगदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस