१० वर्षको केटो पिता र १३ वर्षकी केटी आमा बन्ने भएपछि

काठमाडाैं । मेडिकल साइन्सले १० वर्षको केटा पिता बन्न नसक्ने र १३ वर्षकी केटी पनि आमा बन्न नसक्ने बताउँछ । तर रुसको एक सहरमा मेडिकल साइन्सको यो दावीमाथि चुनौती खडा भएको छ । यहाँ एकै स्कुलमा पढ्ने दुई बच्चाबीच माया प्रेम बस्यो र उनीहरु माता–पिता बन्ने भएका छन् ।

सुरुमा डाक्टरले यो दावी अस्वीकार गरे । तर, एक स्थानीय डाक्टरले १० वर्षको केटो पिता र १३ वर्षकी केटी आमा बन्न लागेको पुष्टि गरेका छन् । यो घटनाको बारेमा विश्वभरी चर्चा भइरहेको छ र दुवै बच्चाले आफ्नो परिवारको स्वीकृति लिएर टिभीमा आफ्नो पुरा बयान समेत दिएका छन् । माता–पिता बन्न गइरहेका यी दुई बच्चामा केटो १० वर्षका छन् । उनको नाम इभान हो ।

केटीको नामा दारिया हो । दारिया ८ हप्ताको गर्भवती रहेकि छन् । एक वर्ष अगाडि दुवैको भेटघाट भएको र मित्रता बढेको दुवैले टिभीमा बताएका छन् । दुवै एक अर्कासँग भेटघाटमा जान थाले । दारियाका अनुसार आफ्नो आमाले आपूmलाई पुरै समर्थन गरेको र परिवारले नयाँ हुनेवाला बच्चालाई व्यापक कुरेर बसेको बताइन् । तर जुन शोमा यी बच्चाले आफ्नो कहानी सुनाएका छन्, सोही शोमा विज्ञको रुपमा डाक्टरले इवान पिता बन्न नसक्ने बताएका छन् ।

किनकी उनी अझै बच्चा भएको उनीहरुले बताएका छन् । मेडिकल साइन्सका अनुसार यो असम्भव हो । डाक्टरको भनाई अनुसार केटीको अर्को कुनै पार्टनर छ भन्ने विषयमा अन्य मानिसले चर्चा गर्न थालेका छन् । यो घटना सार्वजनिक भएपछि केबल रुसमा मात्रै होइन कि विश्वभरी यसको विषयमा बहस सुरु भएको छ । विशेषगरी मेडिकल साइन्समा यो ठूलो मुद्धा बनेको छ । किनकि यस्तो हुुनु असम्भव हो ।

प्रतिक्रिया दिनुहोस