नियमित थप्पड खाँदा छाला सुन्दर हुन्छ ?

आजको व्यस्त जीवनमा हामीहरु आफैंले आफैंलाई ध्यान दिनको लागि समेत समयको अभाव छ । चाहे घरमा होस् वा विदेशमा, कुनै न कुनै कारणले निराश छन् आजका मानिसहरु । कोही आफ्नो बिरामीपनासाग जुधिरहेका छन् भने कोही आफ्नो मोटोपना वा कोही आफ्नो दुब्लो शरीरका कारण चिन्तित छन् ।

यी सबै समस्याबाट समाधान नै भइहाल्यो भने पनि हाम्रो अस्वस्थ जीवनशैलीले छालामा समस्या सिर्जना गर्नसक्छ । धेरै पटक केटा या केटीहरू गुनासो गर्छन् कि उनीहरूको छालामा कुनै चमक छैन । यसको लागि तपाईंले अत्यन्त महागो पार्लरमा गएर आफ्नो छालाको सुन्दरताको उपचार गराउनु हुन्छ ।

जसले प्रत्येक महिना महागो सामग्रीको लागि पैसा खर्च गर्छ । तपाईं सबै कुरा गर्नुहुन्छ जसले तपाईंको सुन्दरता बढाउन सक्छ । तर, के तपाईंलाई थाहा छ ? तपाईंले आफ्नो सुन्दरतालाई थप्पड लगाएर पनि बढाउन सक्नुहुन्छ । यो विषय कोरियाली विज्ञहरुले पत्ता लगाएको कुरा हो ।

थप्पड मसाज भनेको के हो ?संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा रहेको थाई मसाज थेरापिष्ट गाम पुक्कलानुनले पत्ता लगाए कि शरीरमा ऊर्जामूलक रेखाहरू छन् । यी उर्जामूलक रेखाहरु तपाईंको अनुहारमा पनि उपस्थित हुन्छन् । द्रूत थ्रटलिङ् वा थप्पडले मांसपेशीहरूलाई आराम दिन्छ र ऊर्जामूलक रेखाहरुलाई प्रसारित गर्छ ।

पटक–पटक अनुहारमा थप्पड हान्दा रगतको सञ्चार बढ्छ । त्यस्तै, छालामा उर्जाको स्तर पनि दोब्बर हुन्छ भन्ने विज्ञहरुको मत छ । जसले अनुहारमा लुकेको सुन्दरता फिर्ता गर्न मद्दत गर्छ ।

क्रिम र म्योस्चराइजर लागू गर्दा तपाईं यस्तो प्रविधिको पनि प्रयोग गर्न सक्नुहुनेछ । यसको लागि तपाईंले आफ्नो अनुहारमा जोसका साथ चड्कन मार्नुपर्छ । त्यसपछि मात्रै माथिदेखि तलसम्म क्रिम लगाउनु पर्छ ।

थप्पडले सुन्दरता

छालामा रहेको साना प्वाल र झिल्लीहरु हटाउनुका साथै राम्रो रक्त संचारका लागि पनि अनुहारमा थप्पड लगाउनुलाई उत्तम विकल्प मान्ने गरिन्छ । यस थेरापीले छालालाई नरम बनाउन मद्दत गर्छ । जबसम्म मांसपेशीहरू सक्रिय हुादैन र रगत प्रवाह बढ्दैन ।

यसले छालामा कोलेजनको उत्पादनलाई बढाउने गर्छ । यसले गर्दा हाम्रो छाला भित्रैबाट चम्किलो हुन्छ । यद्यपि थप्पड लगाउनुको मतलब आफैलाई चोट पुर्‍याउनु भन्ने चाहिा होइन ।

थप्पड थेरापी धेरै लोकप्रिय

कोरिया र अमेरिकामा सुन्दर छालाका लागी थप्पड थेरापी धेरै लोकप्रिय छ । व्यक्तिहरूले यसलाई छाला नरम राख्न र डण्डिफोरहरु हटाउनका लागि धेरै प्रयोग गर्ने गर्छन् ।

तर, यो कुरा मनमा राख्नु आवश्यक छ कि यो गरिरहादा तपाईंले आफ्नो अनुहारमा उही दबाब हाल्नुभयो ताकि उत्पादन अनुहारमा राम्रोसाग समाहित हुनेछ र अनुहारमा रक्त सञ्चार अझ राम्रो हुनेछ । जब तपाईं यो गर्न सुरू गर्नुहुन्छ, त्यसले हाम्रो छालामा फरक महसुस हुने गर्छ ।

यी कुराहरू दिमागमा राख्नुहोस्

थप्पड हान्दा रक्त सञ्चारमा फाइदा हुन्छ भनेर हाम्रो छालामा समस्या हुने गरी नै थप्पड हान्नु पनि उपयुक्त होइन । रक्तसञ्चारको लागि हानिने सामान्य किसिमको थप्पडबाट हामीलाई त्यस्तो हानी त हुादैन । तर, यसको अर्थ हाम्रो संवेदनशील छाला रातो बन्नेगरी भने थप्पड हान्ने गर्नु हुादैन । यस्तो कामबाट भने हामीहरु जोगिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस