उपहारमा यी ७ वस्तुहरु लिन र दिन हुदैन.. !

एजेन्सी, उपहार लिने र दिने जीवनको एक भाग हो, जसलाई पाएर हरेक व्यक्ति खुशी हुने गर्दछन्। तर उपहार दिने व्यक्तिको नियत कस्तो छ यो जान्न पनि जरुरी रहेको छ। किनकी उपहार दिने व्यक्तिको नियत राम्रो छैन भने उपहारमा तपाइलाई यस्तो केही दिन सक्छन् जसले तपाइको खुशीलाई ग्रहण लगाउन सक्छ ।

त्यसैले जब कसैले उपहारमा यी चीजहरु दिन्छ भने अनुमान लगाउन सकिन्छ कि उपहार दिने व्यक्तिको नियत राम्रो छैन र यस्तो उपहारलाई घरमा पनि राख्न हुदैन ।

१. हिंसक जनावर जस्तै: सिंह, बाघ, चितुवाको तस्वीर या मूर्ति उपहारमा लिन र दिन अशुभ मानिन्छ।

२. डुब्दै गरेको जहाजको मूर्ति उपहारमा प्राप्त हुनु र त्यसलाई घरमा राख्नु अशुभ फलदायक हुने गर्दछ । यसबाट आर्थिक नोक्सान हुने गर्दछ ।

३. चक्कु, छुरी कसैलाई उपहारमा दिनुहुदैन। यदि कसैले दियो भने त्यसलाई घरमा राख्न भने हुदैन । उपहारमा चक्कुको लेनदेनले परिवारमा तनाव पैदा गर्ने गर्दछ ।

४. कालो वस्त्र कहिले पनि कसैलाई उपहारमा दिनु हुदैन । यदि कोई तपाइलाई कालो वस्त्र दिन्छ भने अशुभ मानिन्छ । यो दुःख, कष्ट र पीडादायक मानिन्छ । यसलाई मृत्युको कारक पनि मानिएको छ ।

५. जुत्तालाई उपहारमा दिनु बिछोडको प्रतीक मानिन्छ । प्रेमीहरुले एक अर्कोलाई उपहार स्वरूप जुत्ता दिनु हुदैन, यसबाट बिछोड हुने मान्यता रहेको छ ।

६. रुमाल उपहारमा दिनु अशुभ मानिएको छ। यसबाट जीवनमा कष्ट थपिनेछ ।

७. धेरै जस्तो मानिसहरु घडी उपहारमा दिने गर्दछन्, घडी उपहारमा दिनु भनेको जीवनमा प्रगतिलाई रोक्नु मानिएको छ ।

प्रतिक्रिया दिनुहोस