८९ वर्षको अर्बपतिले छोरा जन्माए .. उनकी जेठी छोरी ६५ वर्षकी छिन्..!

याे घटना सुन्दा पनि अचम्म लाग्छ । एक जना अर्बपतिले ८९ वर्षको उमेरमा पिता बनेर विश्वलाई आश्चर्यमा पारेका छन् । बर्नीले आउँदो अक्टोबरमा आफ्नो ९० औं जन्मदिन बनाउँदैछन् । ८९ वर्षका अर्बपति, कार रेसिङ प्रतियोगिता फर्मुला वनका पूर्वमालिक बर्नी एक्लेस्टोनले शुक्रबार आफ्ना भर्खर जन्मिएका छोरा र श्रीमतीसँगको तस्वीर सार्वजनिक गर्दै आफू पिता बनेको जानकारी दिएका हुन् ।

यो उसको मात्रै दोस्रो दिन हो र उसले अहिले धेरै केही गरिरहेको छैन तर ऊ उच्च फर्ममा छ’ बर्नीले ४४ वर्षकी श्रीमती फेबिना फ्लोसी र छोरा एससँगको तस्वीर सार्वजनिक गरेपछि बेलायती अखबार डेलीमेलसँग कुरा गर्दै भनेका छन् ।

उनी जन्मिँदा ७ पाउण्डका एसको पूरा नाम अलेक्जेण्डर चार्ल्स एक्लेस्टोन हो । स्वीजरल्याण्डको बर्नमा लकडाउनको समय बिताइरहेकी फ्लोसीले बुधबार छोरा जन्माएकी हुन् । फ्लोसी बर्नीकी तेस्रो श्रीमती हुन् । यसअघिका २ श्रीमतीबाट बर्नीका तीन छोरी र ५ नातीनातिनी छन् ।

पूर्वपत्नी इभी बामफोर्डसँगकी बर्नीकी जेठी छोरी डेबोराह ६५ वर्षकी छिन् । उनीबाहेक बर्नीका ३५ वर्षकी तमारा र ३१ वर्षकी पेत्रा गरी थप २ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस