आज बढ्याे सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

आज छापावाल सुन ८ सयले बढेर प्रतितोला ९७ हजार ६ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस