आज पनि घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बिहीबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५ मा रहेको थियो ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ ८ पैसा छ भने बिक्रीदर मूल्य १४० रुपैयाँ ७९ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५६ रुपैयाँ ३ पैसा छ भने बिक्रीदर मूल्य १५६ रुपैयाँ ८२ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

प्रतिक्रिया दिनुहोस