कुकुर को मालिक पुलबाट हा’म्फाले तर कुकुर पुल छेउ मै कुरिरह्यो…..

चीनको वुहानमा एक बफादार कुकुर आफ्नो मालिकलाई कुरेर बसिरहेको भावुक तस्वीर भाइरल बनेका छन् । याङ्जे नदीको पुलबाट मालिक हा’म्फा*लेपछि कुकुर त्यहाँ बसेर कुरिरहेको अवस्थामा मर्मत गर्ने व्यक्तिहरूले भेटेका थिए ।

सु नामक स्थानीयले कुकुरलाई सहयोग गर्न खोजेका थिए तर उसले खानेकुरा र पानी पनि लिन मानेन र बोलाउँदा पनि टसमस भएन, वुहान स्मल एनिमल प्रोटेक्सन एसोसिएसनले (सापा) जनाएको छ ।

तस्वीरहरूमा कुकुरले आशा गरेर याङ्जे नदीतिर हेरिरहेको देखिन्छ । मे ३० मा एकजना व्यक्ति पुलबाट हा’म्फा*लेको देखेको भनी एक सर्वसाधारणले प्रहरीलाई जानकारी गराएका थिए । सुले कुकुरलाई लिएर पुलबाट अन्तै जान खोजेका थिए तर त्यो दौडियो र बेप-त्ता भयो ।

‘कुकुरले मालिक पुलबाट हा’म्फा-लेको देखेको हुनुपर्छ । घट’ना भएको दिन ऊ मालिकसँगै थियो । मालिकले हा-म्फालेको धेरै दिनसम्म ऊ पुलमै थियो तर पछि ह’रायो,’ सापाका निर्देशक दु फानले भने- ‘हामीले स्थानीय पुरुषसँग सम्पर्क गरेर घट-ना भएको दिनको भिडियो हेरेका छौं ।

अँध्यारो भएकाले स्पष्टसँग सबै कुरा त देखिएन तर उक्त व्यक्ति हा-म्फा’ल्नका लागि दृढ देखिएको थिया ।कुकुर धेरै दिनसम्म पुलमै कुरिरह्यो तर पछि भा’ग्यो । कसैले भेटेमा हामीलाई खबर गर्नुहोला । त्यति राम्रो कुकुर भुस्याहा बन्नु हुँदैन ।’[][]

एजेन्सी

प्रतिक्रिया दिनुहोस